बाजुरामा कालाजारको प्रकोप

बाजुरामा कालाजारको प्रकोप

बाजुरा : बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रका कालाजारको प्रकोप देखिन थालेको छ। बैशाखदेखी असारसम्म ४ जना कालाजारको बिरामी देखा परेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले बताए।

पुर्वी उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाँउपालिकामा कालाजारको प्रकोप बढदै गएको स्वास्थ्यकर्मीले वताएका छन्। कालाजारका बिरामी क्षेत्रमा दिन प्रति दिन बढदै गए पनि जाँच गर्ने किट नहुदा संकास्मत बिरामी रिफर गर्ने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

कालाजार जाँच गर्ने चपघढ भन्ने किट हुन्छ, तर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सकिएको डाक्टर जैशीले बताए। किट नभए पछि कालाजारको शंकास्पद बिरामीलाई नेपालगञ्ज रिफर गरेको बताए। दुई महिना यता ४ जनालाई रिफर गरेको जैशीले बताए। स्वास्थ्य कार्यलय बाजुरामा पटक पटक सकिएको जानकारी गरेको भए पनि किट नपठाउँदा बिरामीको उपचारमा समस्या भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

तराईका जिल्लामा देखिने कालाजार रोग पछिल्लो केहि बर्ष यता बाजुरामा पनि देखा पर्न थालेको छ। कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको डाक्टर जैशीले बताए। स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने किटका लागि प्रदेशबाट नै ढिला आएको बताए। बल्ल सदरमुकाम पुगेको केही दिनमा कोल्टि किट पुग्ने पन्तले बताए। कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो। पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ। यो रोग भुसुनाको टोकाइबाट हुने र भुसिनाको टोकाइबाट सर्ने रोग हो। यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हुन सक्ने चिकित्सकले बताए। कालाजारको उपचार बाजुरामा हुदैन्,। उपचारका लागि नेपालगञ्ज धनगढी जानु पर्ने रहेको स्वास्थ्यकर्मीले बताए।

कोल्टि क्षेत्रमा १ वर्ष पहिला कालाजारबाट एक जना बालिकाको मृत्यु समेत भएको थियो। स्वामीकार्तिक गाउँपालिका ५ जेरा बस्ने १३ वर्षीय भाग्य शाहीको उपचारका क्रममा काठमाडौंको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो। कोल्टिमा उपचारका लागि ल्याइएको थियो। कालाजारबाट उनको अबस्था गम्भीर भएकाले काठमाडौं रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ।

गएको वर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए। स्वामिकातिक गाउँपालिका ५ जेरा बस्ने ११ वर्षीय कञ्चना शाही र स्वामिकार्तिक गाउँपालिका २ साप्पाटा की ३ वर्षीय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो। गत वर्ष २ जनामा देखा परेको कालाजार रोग यो वर्ष चार जनामा देखा परेको छ।  गाउँमा संक्रमण धेरै हुन सक्छ स्वास्थ्य सस्थामा एकदमै अप्ठ्यारो भएपछि मात्र ल्याउने गर्छन।

यो क्षेत्रमा २ वर्ष पहिला मलरिया रोग समेत देखा परेको थियो। अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले बताए। बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। यी स्थानीय तह निकै विकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.