सप्तरीमा कोरोना संक्रमितको निधन

सप्तरीमा कोरोना संक्रमितको निधन

राजविराज : कोरोना संक्रमणवाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमित विष्णुपुर गाउँपालिका-१ का ४९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो।

नरिवल रुखबाट नौ दिन अघि लडेर करङ्ग भाँचिएका घाइतेको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भएको थियो। अस्पतालमा उपचारका बेला भदौ २९ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि विरामीलाई घरमै आइसोलेशन गरी राखिएको उनका भतिजा भुपेन्द्रप्रसाद यादवले बताए।

आइतबार राति नै मृत्यु भएका उनको शवको सोमबार अपरान्ह व्यवस्थापन समेत भइसकेको छ। गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले शव व्यवस्थापन गर्न स्काभेटर माग भएपछि मात्र आफूले कोरोना संक्रमितको मृत्युको जानकारी पाएको बताए।

गाउँपालिका उपाध्यक्ष जञ्जिरादेबी यादवकै वडावासी भएपनि उनले समेत कोरोनाले मृत्यु भएको सुने पनि मृतक अर्को टोलको मानिस भएको र आफ्नो बसाई सदरमुकाम राजविराज भएकोले थप जानकारी नभएको बताइन्।

स्वास्थ्य कार्यालय, सप्तरीले समेत अस्पताल वा घरमा मृत्यु भएकोबारे फरक-फरक जानकारी गराएको छ। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड-१९ को तथ्यांक राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायणप्रसाद राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको बताए। मृत्युको आधिकारिक पत्र आएपछि मात्र कहाँ मृत्यु भएको स्पष्ट भन्न सकिने पनि उनले बताए।

मृतकका भतिजा भुपेन्द्रप्रसाद यादवले आइतबार विष्णुपुर गाउँपालिका-१ प्रसाहीस्थित घरमा नै मृत्यु भएका उनको सोमबार अपरान्ह नेपाली सेनाको भिमदल गणको टोलीले शव व्यवस्थापन गरेको स्पष्ट पारे। स्वास्थ्य कार्यालय सप्तरीको आग्रहमा स्कारभेटर लगेर मृतककै वडा नम्बर-१ प्रसाहीमा शव व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए।

यो समेत सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या ११ पुगेको छ। जसमा २ जना महिला छन्। सप्तरीमा संक्रमितको संख्या १ हजार २०६ पुगेको र ८२२ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.