मञ्चमै हातपात गर्ने जसपाका नेताहरु निलम्बित

मञ्चमै हातपात गर्ने जसपाका नेताहरु निलम्बित

राजविराज : आफ्नै पार्टीका नेतालाई गालीगलौज र हातपात गर्दै मञ्चबाट गलहत्याउने जनता समाजवादी पार्टी सप्तरीका केही नेताहरुलाई पार्टीले निलम्बन गरेको छ। जसपा जिल्ला कार्यसमितिको बैठकले भीमराज यादवलाई जिल्ला सदस्य एवम् राजविराज नगर कमिटी अध्यक्षबाट तथा लक्ष्मण यादवलाई जिल्ला सदस्यबाट ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेको हो।

तत्कालीन समाजवादी पार्टीका पदाधिकारी र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलको बसेको संयुक्त बैठकले अनुशासनहीन काम गरेको ठहर गर्दै निलम्बनको निर्णय गरेको जनाएको छ। बैठक पश्चात बिहीबार साँझ जनता समाजवादी पार्टी सप्तरीका अध्यक्षद्वय केदारप्रसाद यादव र हरेराम यादवद्वारा जारी प्रेस बिज्ञाप्तिमा उनीहरुलाई पदबाट ६ महिनाका लागि निलम्बन गरिएको जनाइएको छ।

सो बैठकले केन्द्रीय सदस्यका हैसियतमा भीमराज यादव र अशोक यादव तथा मधेस प्रदेश समितिका सदस्यका हैसियतमा सत्यनारायण यादवलाई आवश्यक कारवाहीका लागि सोही समितिमा सिफारिस गरेको छ।

गत असोज ३ गते राजविराजमा आयोजित विरोधसभा सञ्चालन गरिरहेका पार्टीका नेता चितरञ्जन यादवलाई हातपात, गालीगलौज गर्दै मञ्चबाट गलहत्याए पछि सभा स्थगन भएको थियो। कार्यक्रमको सुरुवातमै आसन ग्रहण नगराएको भन्दै होहल्ला गर्दै पुगेका केही नेताहरुले उद्घोषक यादवलाई मञ्चबाट जबरजस्ती तानेर निकाल्दै विरोध गरेपछि विरोध सभा नै स्थगन गर्नुपरेको थियो।

सो सम्बन्धमा पार्टीले आचारसंहिता उल्लंघन गरी खराब आचरण देखाएको र पार्टीले स्पष्टीकरण माग्दा समेत अवज्ञा गरेकाले कारवाही गर्नु परेको विज्ञप्तिमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.