कोरना रोकथाममा बेसीसहर नगरपालिकाको ८७ लाख खर्च

कोरना रोकथाममा बेसीसहर नगरपालिकाको ८७ लाख खर्च

बेंसीसहर : कोभिड–१९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण र राहत वितरणमा बेसीशहर नगरपालिकाले अहिलेसम्म ८७ लाखभन्दा बढी खर्च गरेको छ। नगरपालिकाले जिल्लामै पहिलोपटक पत्रकार भेटघाट गरी आम्दानी तथा खर्च सार्वजनिक गरेको हो।

नगरपालिकाले आर्थिक वर्ष २०७६-०७७ मा ७० लाख ३५ हजार ९ सय ५ रुपैयाँ र चालु आर्थिक वर्षको असोज २५ गतेसम्म १६ लाख ९७ हजार ५ सय २१ रुपैयाँ गरी कूल ८७ लाख ३३ हजार ४ सय २६ रुपैयाँ खर्च गरेको हो। 

खर्च भएको मध्ये आर्थिक वर्ष २०७६-०७७ मा राहत वितरणमा ३२ लाख ४८ हजार ७५ रुपैयाँ, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा ६ लाख ३० हजार ३ सय ४०, स्वास्थ्य सहायतामा खटिने कर्मचारी, नगरप्रहरीलाई खाना-खाजामा १ लाख ४६ हजार ८ सय ४, क्वारेन्टाइन बस्नेलाई खाना-खाजा ४ लाख ४० हजार ३ सय ३०, औषधी तथा स्वास्थ्य सामाग्रीमा १४ लाख ५६ हजार ३ सय ५, फोहर मैला व्यवस्थापनमा १४ लाख, अनुगमन निरिक्षणमा ९२ हजार १ सय, क्वारेन्टाइन संचालन तथा जिल्ला विपद व्यवस्थापन समिति ६ लाख १८ हजार ३ सय, प्रचार-प्रसार २ लाख ४३ हजार ६ सय ५० रुपैयाँ खर्च भएको हो।

बेसीशहर नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र राहत कोषमा गत वर्ष १ करोड १७ लाख ९७ हजार २८ रुपैयाँ थियो। जसमा ७० लाख ३५ हजार ९ सय ५ रुपैयाँ खर्च गरेको छ। कोषमा नगरपालिकाले गत वर्ष १ करोड विनियोजित गरेको थियो भने उक्त कोषमा प्रदेश सरकारबाट १० लाख, नगरपालिकाको कर्मचारी तलब कट्टीबाट २ लाख ९९ हजार ३ सय ३८, विभिन्न संघसंस्थाबाट प्राप्त ९५ हजार १ सय १ रुपैयाँ कोषमा राखेका थिए।

चालु वर्षमा भने नगरपालिकाले कोभिड–१९ मा २० लाख छुट्याएको थियो भने प्रदेश सरकारबाट १० लाख प्राप्त भएको थियो। कूल ३० लाख बजेटमा १६ लाख ९७ हजार ५ सय २१ रुपैयाँ खर्च भएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मनोजसिंह बोहराले जानकारी दिए।

नगर प्रमुख गुमानसिंह अर्यालले कोरना नियन्त्रणमा गरिएका खर्चहरु मितब्ययी रुपमा गरिएको बताए। नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकोले त्यसलाई केन्द्रविन्दु मानेर कोभिड–१९ रोकथाम र नियन्त्रणका कार्यक्रम अघि बढाइएको उनले बताए। नगर प्रमुख अर्यालले कही कतै अनियमितता भएको थाहा पाएमा कारवाही भोग्न र कारवाही गर्न तयार रहेको बताए। कोभिड रोकथाम सम्बन्धी काम गर्दा खरिद समिति र अनुगमन समिति बनाएर काम गरिएको नगर उपप्रमुख लक्ष्मी अधिकारीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.