५७ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा आएको राष्ट्र बैंकका गभर्नरको दाबी

५७ प्रतिशत उद्योग पूर्णरुपमा सञ्चालनमा आएको राष्ट्र बैंकका गभर्नरको दाबी

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) पछि उद्योग धन्दाहरु पूर्णरुपमा सञ्चालनमा आउन थालेका छन्। कोभिडको समयमा ६ प्रतिशत पनि सञ्चालनमा आउन नसकेका उद्योग पछिल्लो समयमा ५७ प्रतिशत सञ्चालनमा आएका हुन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठमा ६  प्रतिशत मात्रै उद्योग सञ्चालनमा भएकोमा हाल ५६/५७ प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने बताए। बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको उनको भनाइ छ। 

आर्थिक पत्रकार संघ (नाफिज)सँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताए। गभर्नर अधिकारीले केही क्षेत्रबाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने विश्वास व्यक्त गरे। 

मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो देखिएकाले  अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउने उनले बताए। ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि उपलब्ध गराएको रकम लान  बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ,’ उनले भने।  

यही आर्थिक वर्षमा प्रणालीमा रहेको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले भने, ‘अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे  भन्ने कुरा हामी चैत पछि मूल्याङ्कन गछौं।’

असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमामसमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पष्ट नहुने गभर्नर अधिकारीको भनाइ थियो। चैतसम्ममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मूल्याङ्कन गर्ने उनले बताए। 

कोभिड पछिको आर्थिक पुनरुउत्थानको लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब भन्दा योगदान भएको छ। हालसम्म ८१ अर्ब पुनकरर्जा स्वीकृत भएको गभर्नर अधिकारीले जानकारी दिए। स्वीकृत भएको ८१ अर्बको पुनकर्जामध्ये  अधिकांश १५ लाख भन्दा साना कर्जामा गएको छ। पुनरकर्जाकर्जाको उपयोग एसएमइ क्षेत्रमा बढी भएको गभर्नर अधिकारीले दाबी गरे। 

‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गभर्नर अधिकारीले भने। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.