जन्ती बोकेको जीप दुर्घटना, १२ जना घाइते, दुईको अवस्था गम्भीर
गुल्मी : जन्ती बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार जीपमा सवार १२ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् भने अन्य १० जनाको अवस्था सामन्य रहेको बताइएको छ। घाइतेलाई उपचारका लागि स्याङ्जाको मिर्मीतर्फ लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !