प्रदेश १ : २५ गते प्रदेशसभा बैठक, कार्यसूचीमा अविश्वास प्रस्ताव

प्रदेश १ : २५ गते प्रदेशसभा बैठक, कार्यसूचीमा अविश्वास प्रस्ताव

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी दिएको हो । 

यस अघि बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालको लागि स्थगित भएको थियो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएको र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा प्रदेशसभा बैठक आह्वान भएको प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक स्थगित भएको थियो । 

स्थगित बैठक सभामुखले २५ गतेको लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए ।

प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्नेछ । यद्यपी मुख्यमन्त्री र उनको समूहले भने प्रस्ताव प्रक्रियामा लैजान नहुने दबाब सभामुखलाई दिइरहेको छ ।

आफूले कारवाही निलम्बन गरेका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अवरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनेको छ । बहुमत पक्षले पनि मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको छ । प्रदेशसभामा सरकारले कुनैपनि बिधेयक दर्ता नगरेकोले बैठकको लागि अविश्वास प्रस्तावबाहेक अरु कुनै कार्यसूची छैनन् ।

प्रदेशसभाले बैठक बस्नेबारे निकालेको सूचना  । तस्बिर : अन्नपूर्ण 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.