काठमाडौं वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ

काठमाडौं : काठमाडौं महानगरको वडा नम्बर ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरिएको हो ।
उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
