लोकल रक्सीलाई ‘ब्रान्डिङ’

लोकल रक्सीलाई ‘ब्रान्डिङ’

मदिरा आयात गरी नेपाली पैसा बिदेसिने क्रमलाई रोक्न पनि लोकल मदिरालाई ‘ब्रान्डिङ’ गर्न आवश्यक


विराटनगर : प्रदेश १ मा नेपाली कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी र व्यावहारिक पक्षको अध्ययन गरिने भएको छ। स्थानीय स्तरमा उत्पादित कोदोबाट गाउँगाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यावसायिक रूपमा बिक्री खुला गर्ने विषयमा प्रदेश सरकारले चासो दिएको हो। 

‘गाउँमा स्थानीय स्रोतसाधनको प्रयोग गर्दै कोदोबाट रक्सी बनाएर खाने र बिक्री हुने गरेको नयाँ होइन’, सामाजिक विकासमन्त्री उषाकला राईले भनिन् ‘यो बिक्री गर्न कानुनले बन्देज लगाएकाले यसको समाधान खोज्न हामी लागेका छौँ।’ उनले ‘ब्यान्ड भर्सेज ब्रान्ड’ को अवधारणा प्रदेश सरकारले ल्याएको समेत जानकारी दिइन्।

मन्त्री राईले विदेशबाट ठूलो परिमाणमा मदिरा आयात गरी नेपाली पैसा विदेश भित्रिरहेको समयमा यो क्रमलाई रोक्न पनि नेपालमा नै उत्पादन हुने लोकल मदिरालाई ब्रान्डिङ’ गर्न आवश्यक रहेको बताइन्। ‘हामी एक बोतलकै हजारौं रुपैयाँ पर्ने विदेशी मदिरालाई ‘चियर्स’ गरेर रमाउँछौँ, यसले नेपाललाई फाइदा पुर्‍याउँदैन’, उनले भनिन्, ‘अब हाम्रो लक्ष्य भनेको लोकल रक्सीलाई ब्रान्डिङ गरेर स्थानीय नागरिकको पनि आर्थिक अवस्थाको सुधार गर्ने हो।’ 

प्रदेश १ का सबै जिल्लामा लोकल रक्सी स्थानीय आदिवासी जनजाति समुदायले उत्पादन गर्ने गरेको बताउँदै मन्त्री राईले भनिन्, ‘गाउँमा उत्पादन गरेको रक्सी सानु मात्रामा बेच्दा समेत हामी प्रहरीलाई ड्रम र बोतलमा लात्ती हान्न पठाउँछौँ, यसो गर्दा समृद्धि सम्भव छैन, अब लोकल उत्पादनलाई ब्रान्ड बनाउन प्रदेश १ ले सुरु गर्छ।’

स्थानीय रूपमा प्रशस्त पाइने तर कानुनी रूपमा बन्देज लगाइएका कुरालाई ब्रान्ड बनाएर विश्व बजारमा पुर्‍याउने लक्ष्यमा प्रदेश १ सरकार लागेको मन्त्री राई बताउँछन्। ‘ब्यान्ड भर्सेज ब्रान्ड’ कै अवधारणा हामीले सुरु गरेका छौँ’, उनले भनिन्, ‘कानुनले किन बन्द गर्‍यो र यसलाई कसरी खोलेर व्यवस्थित रूपमा बजारमा ब्रान्ड बनाएर लैजान सकिन्छ, यसको अध्ययन सुरु भइसक्यो।’

लोकल रक्सी र गाँजाबाट नेपालले प्रशस्त राजस्व संकलन गर्न सक्ने र आर्थिक रूपमा समेत समृद्धि हासिल गर्न सकिने भएकाले यस्ता वस्तुलाई बन्द गरेर राखिरहनु नहुने मन्त्री राईको तर्क छ। ‘मैले यो विषय पहिले सदनमा समेत उठाएको हो, मन्त्रिपरिषद् बैठकमा समेत छलफलका लागि पुर्‍याएको छु’, उनले भनिन्, ‘म यो बन्द भएका वस्तुलाई खुला गर्ने वातावरणसम्म पुर्‍याउन सक्छु भन्ने लागेको छ।’

कानुन संशोधन गरेर भए पनि लोकल रक्सीलाई ‘ब्रान्ड’ बनाएरै छाड्ने मन्त्री राईको अडान छ। सामाजिक विकास मन्त्रालय सम्हालेपछि बुधबार आफूले गर्ने आगामी कामका विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री राईले स्वास्थ्य, शिक्षा, खेलकुद, श्रमरोजगार र महिला तथा बालबालिकाको क्षेत्रमा रोकिएका कामलाई निरन्तरता दिँदै नयाँ काम गर्ने बताइन्। 

उनले अहिले कोरोना भाइरस (कोभिड— १९) को दोस्रो चरण सुरु भएकाले यसको रोकथाम र अस्पताल सुधार तथा व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.