गोरखामा जीप दुर्घटना : दुई शिक्षकको मृत्यु, एउटै विद्यालयका सात शिक्षक घाइते  (अपडेट)

गोरखामा जीप दुर्घटना : दुई शिक्षकको मृत्यु, एउटै विद्यालयका सात शिक्षक घाइते  (अपडेट)

गोरखा : गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लम्जुङका दुई शिक्षकको मृत्यु भएको छ। एउटै विद्यालयका सातजना शिक्षक घाइते भएका छन्।

बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका २ बिचौरको बागिश्वरी माविमा अध्यापन गराउने दुई जना शिक्षकको मृत्यु भएको र अन्य शिक्षक घाइते भएका उद्धारमा खटिएका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए। 

शिक्षक सवार जीप शनिबार साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते छन्। 

त्यस्तै ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनील मरहठ्ठा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी, तनहुँको व्यास नगरपालिका १ दमौलीका ३६ वर्षीय सुशील नराल घाइते भएको डीएसपी प्रकाश दाहालले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि गोरखा सदरमुकाम ल्याइएको उनले बताए।

नराल दूधपोखरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुन् भने अन्य आठ जना लम्जुङको वागिश्वरी माविका शिक्षक हुन्।

उनीहरुलाई स्थानीयबासी, प्रहरीको टोलीले उद्धार गरेको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.