‘संसदीय व्यवस्थाको विकल्पका लागि जनमत संग्रहमा जाऔं’

‘संसदीय व्यवस्थाको विकल्पका लागि जनमत संग्रहमा जाऔं’

गोरखा : संसदीय व्यवस्थाको विकल्प खोज्न तत्काल जनमत संग्रहमा जानुपर्नेमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जोड दिएका छन्। गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा नेता बास्तोलाले संसदीय प्रणालीको अर्विटक्रस गर्न जनमत संग्रह उपयुक्त विकल्प भएको दाबी गरे।

‘एमाले, माओवादी, काङ्ग्रेस, जनता समाजवादी पार्टी सबैको कुरा कोही पनि संसदीय दुश्चक्रबाट बाहिर निस्कन सकेको जस्तो लाग्दैन’, उनले भने, ‘यो दुश्चक्रबाट विकास र संवृद्धिमा पुग्न सकिँदैन भन्ने जान्दाजान्दै पनि कुनै पनि नेताको मुखबाट संसदीय दुश्चक्रको अर्बिट क्रस गर्न खोजेको देखिएन। त्यसैले जति बहश र छलफल गरे पनि यही दुश्चक्रमा फँसिरहनुको विकल्प छैन। त्यसैले हाम्रो अपील छ, समुन्नत राजनीतिक प्रणाली भनेको वैज्ञानिक समाजवाद हो। त्यहाँसम्म पुग्न बहस, वार्ता र सहमतिबाट सम्भव नभए जनमत संग्रह गर्नुपर्छ। जनताले फैसला गर्नेछन्।’ 

जनमत संग्रह पनि बारम्बार गरिरहनु पर्नेमा उनको जोड छ। ‘मान्छेमा निरन्तर सोच परिवर्तन भइरहन्छ त्यसैले एकैपटकमा जनताले फैसला नगर पनि निरन्तर यो अवसर प्रदान गर्नुपर्छ’, उनले भने, ‘परिवर्तनको शान्तिपूर्ण बाटो भनेको नै जनमत संग्रह हो। कस्तो प्रकारको राजनीतिक प्रणाली अपनाउने जनताले नै फैसला गरुन्।’

आफूहरु एकीकृत जनक्रान्तिको बाटो छोडेर संसदीय प्रणालीमा नआएको उनले स्पष्ट पारे। ‘सबै मिलेर संसदीय प्रणालीको अन्त्य गरौँ र वैज्ञानिक समाजवादमा जाऔँ भन्ने हाम्रो मुख्य एजेण्डा हो’, बास्तोलाले भने, ‘यसले नै नेपाली जनताको उत्थान हुन्छ, शान्ति, संवृद्धि, विकास हुन्छ।’

केही राजनीतिक पार्टीहरु मिलेर बृहत रणनीतिक तथा राजनीतिक मोर्चा बनाएको र सो मोर्चाले संसदीय प्रणालीको विकल्पमा वृहत समीक्षा गर्ने उनले बताए। ‘यो संसदीय प्रणालीले मुलुकलाई निकास नदिने त निश्चित छ, तर एउटा यस्तो खालको चङ्गुलमा पुग्न सकिन्छ, जतिबेला संयुक्त सरकार गठन हुनसक्छ। त्यतिबेला हामी पनि सरकारमा सहभागी हुनेछौँ तर संसदीय सरकार वा चुनावी सरकार कुनैमा पनि हामी सहभागी हुदैनौँ।’ बद्नाम कमाइरहेको यो प्रणालीमा नफँस्नेमा आफूहरु सचेत रहेको उनले बताए।

‘प्रचण्डजीले संसदको उपयोग गर्ने बहानामा यही प्रणालीमा सामेल हुनुभयो, तर संसदीय प्रणालीको उपयोग उहाँले होइन, उहाँहरु आफै उपयोग हुनुभयो’, उनले भने, ‘तर हाम्रो योजना १८० डिग्री फरक छ। हामी संसदीय प्रणालीको विकल्प मात्र सोचिरहेका छौँ। हाम्रो एजेण्डामा सबै राजनीतिक शक्तिलाई सामेल गराउन सक्छौँ भन्ने विश्वास छ।’

जेलमा भएका आफ्ना नेता कार्यकर्ताहरु छुट्ने प्रक्रियामा रहेको र मुद्दाहरु खारेज गर्ने प्रक्रियामा रहेको उनले बताए। त्यसपछिको चरणमा मात्र जनमत संग्रहको विषय उठान गर्ने उनले बताए।


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.