गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना : चार जना गम्भीर घाइते
गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ मा टेम्पो दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। स्थानीय बजारमा चल्ने टेम्पो बुधबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार गम्भीर घाइतेहरुको पहिचान हुन सकेको छैन। उनीहरुलाई उपचारका लागि पाल्पा लैगिंदै छ।
प्रतिक्रिया दिनुहोस !