मुख्यमन्त्री राईले सम्बोधन नगरी सकियो प्रदेश १ को हिउँदे अधिवेशन

मुख्यमन्त्री राईले सम्बोधन नगरी  सकियो प्रदेश १ को हिउँदे अधिवेशन

विराटनगर : प्रदेश १ प्रदेशसभाको चालु हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधनराईले सम्बोधन नगरी अन्त्य भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, बैठक सुरुहुनासाथ प्रतिपक्षी दलको अवरोधका कारण मुख्यमन्त्री राईले सम्बोधन गर्ने कार्यसूचिमा नै प्रवेश नगरी सभामुखले बैठक अन्त्य भएको घोषणा गरे । 

सभामुख प्रदिपकुमार भण्डारीले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद आ–आफ्नो स्थानबाट उठेर बैठक अवरोध गरेका थिए । बैठक अवरुद्ध गर्नेहरुका तर्फबाट बोलेर कुरा राख्न आग्रह गर्दा समेत सदनलाई सम्बोधन नगरेका प्रतिपक्षी सांसदले प्रदेश १ सरकारले ल्याएको चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै बैठक चल्न नदिने बताएका थिए । 

‘चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितता प्रदेश सरकारले गर्नुपर्‍यो,’ आफ्नो स्थानबाट उभिएर बोलेका कांग्रेस प्रमुख सचेतक केदार कार्कीले भने, ‘सरकारको सुनिश्चितता नआए सम्म बैठक चल्न दिने छैनौँ ।’

सभामुख भण्डारीले सुनिश्चितता लगायतका विषयमा मुख्यमन्त्री राईले केही समयमानै सम्बोधन गर्ने र अहिले आ–आफ्नो स्थानमा बस्न भनेर आग्रह गर्दा समेत प्रतिपक्षि सांसद उभिएपछि सभामुखले अधिवेशन अन्त्य भएको घोषणा गरे । 

उनले प्रदेश प्रमुखबाट अधिवेशन अन्त्यका लागि आएको पत्र पढ्दै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । सभामुखले अधिवेशन अन्त्यको घोषणा गरिरहँदा प्रतिपक्षी सांसदले ‘सरकारको दमन चल्दैन’ भन्दै उभिएर नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.