विराटनगरमा कोरोना संक्रमण तीव्र, महानगर आफै जुट्यो स्वाब संकलनमा

विराटनगरमा कोरोना संक्रमण तीव्र, महानगर आफै जुट्यो स्वाब संकलनमा

विराटनगर : दैनिक २ सय बढी संक्रमित महानगर क्षेत्रमै भेटिन थालेपछि विराटनगरले कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण सुरु गरेको छ । 

यस अघि पहिलो चरणको कोरोना संक्रमणमा स्वाव संकलन दैनिक गराएको महानगरले दास्रो चरणको महामारीको हालसम्मको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन गरेको थिएन ।

कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन महानगरले प्रत्येक वार्डलाई लक्षित गरेर स्वाब संकलन गर्ने र परीक्षण गर्ने कार्यको सोमबारबाटै सुरुवात गरेको महानगरका मेयर भीम पराजुलीले बताए ।

आइतबार नै सूचना प्रकाशित गरेर महानगरले १८ वटै वार्डहरुका नागरिकलाई सेवा दिने गरी विभिन्न ३ वटा केन्द्रबाट स्वाब संकलन गर्न सुरु गरेको मेयर पराजुलिको भनाइ छ ।

संक्रमण आशंका लागेकाले केन्द्रमा पुगेर स्वाब दिन महानगरले अनुरोध गरेको छ। सबै प्रक्रिया निशुल्क रहेको महानगरले जनाएको छ । 'अहिले हामीले स्वाब संकलन नगरी पनि दैनिक दुई सय बढी संक्रमित महानगरमा हुन थालेका छन्,' मेयर पराजुलिले भने, ‘अझै कन्ट्रयाक ट्रेसिङ हुनुभने कति धेरै संक्रमित होलान् ? त्यसैले हामी आफैले अब यो प्रक्रिया सुरु गरेका हौँ ।

पहिलो चरणमा कोभिडको लक्षण देखा परेका बिरामीहरुले स्वाब संकलन केन्द्रमा उपस्थित भएर परीक्षण गराउन सक्ने गरी महानगरले व्यवस्था मिलाएको छ । त्यसपछि महानगरले संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरुलाई पनि परीक्षण गर्ने महानगरले जनाएको छ ।

विराटगनरको १, २, ३, ४ र १९ वडाका स्थानीयका लागि तीनपैनीस्थित पानीटंकी (पुरानो दमकल रहेको भवन)मा, ५, ६, ७, ८, ९ र १० काले जिल्ला प्रशासन कार्यालय नजिक आदर्श स्कुलको विज्ञान भवनमा र ११, १२, १३, १४, १५, १६, १७ र १८ का १५ नंबर वर्डाको प्राथमिक स्वास्थ्य केन्द्र रानीमा पुगेर स्वाब संकलन गराउने गरी महानगरले केन्द्र तोकेको छ ।

विराटनगर पछिल्लो समय प्रदेश १ कै कोरोनाको ‘हटस्पट’का रुपमा रहेको छ । सोमबार मात्रै मोरङमा २ सय ८२ जना कोरोना संक्रमित भेटिदा विराटनगरमा २ सय २६ जना नयाँ संक्रमित भेटिएका थिए । जसमा ९७ महिला र १ सय २९ पुरुष छन् । 

सोमबार प्रदेश १ मा १ हजार ३ सय ३० जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७ जना संक्रमित भेटिएका थिए । परीक्षण गरिएका मध्ये २ सय ७७ महिला र ३ सय ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय ४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५७  पुगेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.