विश्वासको मत पाउँछौँ, नपाए चुनाव हुन्छ : मन्त्री बस्नेत

विश्वासको मत पाउँछौँ, नपाए चुनाव हुन्छ : मन्त्री बस्नेत

गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशको सरकारले विश्वासको मत पाउने, नपाए चुनाव हुने बताएका छन्।
गृहजिल्ला गोरखा पुगेका मन्त्री बस्नेतले बुधबार अन्नपूर्णसँगको कुराकानीमा सरकारले विश्वासको मत लिने दाबी गरेका हुन्।

‘हामीले विश्वासको मत लिन्छौँ। नलिए चुनाव हुन्छ। लामो कुरै छैन’, उनले भने, ‘एउटा पार्टीले मात्र सरकार बनाउन नसक्ने अबस्था आयो भने जो सुकैसँग समन्वय गरेर मिलीजुली सरकार बनाउँछौँ। यसबारेमा विभिन्न चरणमा गम्भीर छलफल भइरहेका छन्।’ विश्वासको मत लिने विभिन्न आधार रहेको उनले बताए।

‘हामीले विश्वासको मत लिन नसक्ने आधार के छ ?’, उनले भने, ‘कि हामीले काम नगरेको हुनुपर्‍यो, कि आलोचना योग्य काम गरेको हुनुपर्‍यो। विश्वास कि अविश्वास भन्ने कुरा कामको गुण र दोषको आधारमा हुनुपर्छ। पूर्वाग्रही हुनुहुँदैन।’ 

जेठ १६ गतेदेखि संसद् अधिवेशन बोलाइएको भन्दै उनले २७ गतेभित्र विश्वासको मत लिने बताए। ‘विश्वासको मत पाइएन भने आखिर चुनाव भन्दा अर्को विकल्प पनि छँदा पनि त छैन’, उनले भने, ‘जनताले पाँच वर्षसम्म सरकारमा जाऊ भनेर चुनेर पठाइसकेपछि बीचमा चुनावमा जाने रहर त हाम्रो होइन। हामी त भन्छौँ, नजाने तर सबै राजनीतिक पार्टीहरुले पनि भन्नुपर्‍यो, चुनावमा जाने कि नजाने।’ 

केही दिनअघि एमाले बाहेकका अरु पार्टीको सरकार बन्न नसकेकाले फेरि असफल प्रयास गर्नु व्यर्थ रहने उनले बताए। 

मन्त्री बस्नेतले प्रदेश सरकारले स्वास्थ्य कार्यालय गोरखाका लागि पठाएको आठ हजार छ सय ५५ थान एण्टिजेन किट्स कार्यालय प्रमुख नरजङ ठकुरीलाई हस्तान्तरण गरेका छन्। 


पालिकाहरुको आवश्यकताको आधारमा पठाउन आग्रह गर्दै उनले पीसीआर रिपोर्ट आउन दुई हप्तासम्म लाग्ने भएकाले गाउँगाउँका लागि एण्टिजेन परीक्षण नै प्रभावकारी रहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.