बारपाकमा भयाबह बन्दै कोरोना : गाउँपालिकाले माग्यो प्रदेश र संघीय सरकारसँग सहयोग

बारपाकमा भयाबह बन्दै कोरोना : गाउँपालिकाले माग्यो प्रदेश र संघीय सरकारसँग सहयोग

गोरखा : एघार सय घरधुरी एकैठाउँमा रहेको गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । एकै गाउँमा दुई दिनमै छजनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ ।मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयबासी बताउँछन् । गाउँमा कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहँदा स्थानीयबासीले परीक्षण गर्न मानेका छैनन् । 

बाक्लो बस्ती रहेको गाउँमा महामारी फैलिएकोप्रति प्रदेश तथा संघ सरकारले पनि उचित ध्यान नदिएपछि गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विज्ञप्ति जारी गरी सहयोगको अपिल गरेका छन् । बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको अध्यक्ष भट्टले विज्ञप्तिमा खुलाएका छन् । 'तत्काल यहाँ प्रदेश र संघीय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’, उनले भने, ‘सिङ्गो गाउँभरि कोरोनासँग लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल यहाँ चिकित्सकसहितको टोली आवश्यक छ ।'

‘यहाँका स्थानीयबासीलाई रोग परीक्षण गर्न, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न काउन्सिलिङ गर्नुपर्छ । बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधि वितरण गर्ने काम यथाशीघ्र गर्नुपर्नेछ’, अध्यक्ष भट्टले भने, ‘यसका लागि गाउँपालिका पनि तयार छ ।’

गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था धान्न नसक्ने बताउँदै उनले सचेतनाका कार्यक्रमसहित जानुपर्ने बताए । अहिले बारपाकमा करिब एक हजार भन्दा बढीमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ ।

तत्काल उपचार नगराउने हो भने ठूलो संख्यामा मानवीय क्षति हुने भन्दै उपचारमा ध्यान केन्द्रित गर्न र सहयोग गरिदिन अध्यक्ष भट्टले अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.