कोरोना परीक्षण गराउन सचेत गराउन मन्त्री, सांसद बारपाकमा

कोरोना परीक्षण गराउन सचेत गराउन मन्त्री, सांसद बारपाकमा

गोरखा : गाउँभर कोरोनासँग मिल्दोजुल्दो रोग फैलिएर दर्जन बढीको ज्यान जाँदा पनि परीक्षण गर्न आलटाल गरिरहेका बारपाकबासीलाई सचेत गराउन गण्डकी प्रदेशका मन्त्री तथा सांसदको टोली बारपाक पुगेको छ।

शुक्रबार बिहान पोखराबाट गएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सांसद प्रकाशचन्द्र दवाडी, प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मासहितको टोली बारपाक पुगेको हो। 

बारपाक पुगे लगत्तै उनीहरुले घरदैलो सुरु गरेका छन्। ‘कोरोना परीक्षण गर्नुपर्छ, कोरोना लागेको रहेछ भने पनि डराउनु पर्दैन भन्दै सम्झाउँदै छौँ’, टेलिफोन सम्पर्कमा मन्त्री बस्नेतले भने, ‘हाम्रो टिममा चारजना चिकित्सक, तीनजना ल्याब टेक्निसियन, नर्सहरु, मनोसामाजिक परामर्शदाता पनि हुनुहुन्छ। अब एकैछिनमा उहाँहरुको एण्टिजेन परीक्षणको काम सुरु हुन्छ।’ दुई दिनमा एकहजार जनाको एण्टिजेन परीक्षण गर्ने लक्ष्य रहेको उनले बताए।

गाउँलेमा नैराश्यताका कारण कोरोना परीक्षण गर्न आनाकानी गरेको तथ्य फेला पारेको सांसद दवाडीले बताए। ‘परीक्षण गराएर के गर्नु र ? हामीले दिनदिनै समाचार सुनेका छौँ। कोरोना लागेको रहेछ भने पनि सरकारले उपचार गर्न सक्दो रहेनछ भन्दै गुनासो गरिरहनु भएको छ’, सांसद दवाडीले भने, ‘हामीले चिन्ता नलिनुस्, प्रदेश सरकारले उपचारको व्यवस्था गर्छ भन्दै सम्झाउँदै, बुझाउँदै छौँ। उहाँहरु परीक्षण गराउन तयार देखिनुभएको छ।’

सांसद दवाडीले बारपाक आसपासका मान्द्रे, पोखरी, राङरुङलगायतका गाउँमा स्वास्थ्य सामग्री वितरण गरेको जनाए। ‘बारपाक ठूलोगाउँमा त सबैको ध्यानाकर्षण भएको छ, स्वास्थ्य सामग्री आइरहेको पनि छ। फेरि पनि आइरहला तर ती आसपासका साना गाउँमा कसैको ध्यान नपुगेको ठानेर उता वितरण गरेँ।’

बारपाकमा शुक्रबार पनि एकको मृत्यु भएको छ। मृतकलाई गाउँलेले परम्पराअनुसार ठूलो संख्यामा मलामी गएर चिहानडाँडामा अन्त्यष्टि गरेका छन्। जेठ लागेपछिको १३ दिनको अवधिमा बारपाकमा १३ जनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.