गोरखाका पाँच पालिकालाई सम्भव नेपालद्वारा ६ वटा एम्बुलेन्स उपहार

गोरखाका पाँच पालिकालाई सम्भव नेपालद्वारा ६ वटा एम्बुलेन्स उपहार

गोरखा : गोरखाका चार गाउँपालिका र एक नगरपालिकालाई सम्भव नेपाल नामक सामाजिक संस्थाले छवटा एम्बुलेन्स प्रदान गरेको छ। 

बुधवार गोरखा नगरपालिका कार्यालयमा आयोजित एक समारोहका बीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले स्थानीय तहका प्रमुखलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

एम्बुलेन्स र स्वास्थ्य सामग्री गरी एक करोड रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको सम्भव नेपालले जनाएको छ। 

गोरखा नगरपालिकाको लागि दुईवटा, शहीदलखन गाउँपालिका, गण्डकी, भीमसेन थापा र धार्चे गाउँपालिकाको लागि एक÷एक वटा एम्बुलेन्स सम्भव नेपालले सहयोग गरेको छ। 

‘यस्तो माहामारीका बेला सम्भव नेपाल र अध्यक्ष प्रेम खत्रीले पुण्यको काम गर्नुभएको छ’, पालिका प्रमुखलाई एम्बुलेन्स हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अथिति कांग्रेस केन्द्रीय सदस्य पाण्डेले भने। 

दुर दराजका जनतालाई सेवा दिन पालिकाहरुलाई उपलब्ध गराएको एम्बुलेन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए। ‘अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी हुन सक्छन’, उनले भने, ‘सबैले अब छिटो र सहज उपचार पाउँछन।’ एम्बुलेन्स दुरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई उनले सुझाब दिए। 

‘कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेका हौँ’, सम्भव नेपालका अध्यक्ष खत्रीले भने। कच्ची सडकमा सहजै आवतजावत गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य साममग्री एम्बुलेन्समा रहेको उनले बताए। 

‘एम्बुलेन्सलाई कोभिडका बिरामी बोक्न मिल्ने, सामान्य उपचार सेवा दिन मिल्ने गरी बनाएका छौँ’, अध्यक्ष खत्रीले भने, ‘यो दुःखको बेला गोरखाका कोहीपनि नागरिक उपचार नपाएर मर्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ।’ 

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपाङता भएका र सुत्केरीलाई निशुल्क सेवा दिने बताए। ‘संस्था र अध्यक्ष प्रेम खत्रीले स्थानीय तहहरुलाई ठुलो सहयोग गर्नुभएको छ, एम्बुलेन्सको हामी सही सदुपयोग गर्छौँ’, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सो क्रममा भने।

कार्यक्रममा प्रमुख अतिथि शालिग्राम पौडेलले कोरोनाको पहिलो महामारीका बेला एम्बुलेन्स, थर्मल गन, एन्टिजेन किट लगायतका सामग्री सहयोग गरेर पालिकाहरुलाई मद्दत गरेको भन्दै सहयोगको प्रशंसा गरे।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.