गाउँमा सडक पुग्दा व्यवसायिक किसान उत्साहित

गाउँमा सडक पुग्दा व्यवसायिक किसान उत्साहित

मालिका (गुल्मी) : मालिका गाउँपालिका-५ छापहिलेका स्थानीय सूर्यबहादुर केसीको सबै घरजग्गा गाउँकै एकपाखेमा छ। घरजग्गा भएको ठाउँमा सडकको सुविधा नहुँदा उनी दश वर्षअघि घरदेखि माथि निरचौर भन्ने स्थानमा अर्को घर बनाएर बसे। उनीसहित पाँच जनाको परिवार पुख्र्यौली घर छाडेर सडक सुविधा खोज्दै उक्त स्थानमा पुगे।

केसीलाई आफ्नो पुख्र्यौली घर नजिकै सडक पुग्लाजस्तो लागेकै थिएन। मालिका गाउँपालिका-५ को कार्यालयले चालु आर्थिक वर्षमा फल्तारुख–एकपाखे मोटरबाटोका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेर सडक खनेपछि केसी उत्साहित भएका छन्। ‘सडक नपुग्दा जन्मेको घर छाड्न बाध्य भएका थियौँ’,उनले भने,‘बजारबाट सामान लिएर जानै समस्या थियो। अहिले घरमै बाटो आयो।’ उनी आफ्नो पुरानो घरमा नबसेपनि त्यस स्थानमा विगत १५ वर्षदेखि व्यवसायिक केराखेती र पशुपालन गर्दै आएका छन्। 

‘व्यवसायिक खेतीलाई राम्रो बनाउन बाटोले फाइदा पुर्‍याउने छ’,उनले भने,‘वर्षौदेखि बाटो ल्याउने सपना पुरा हुँदा खुसी भएका छौँ।’ कोरोनाले एकान्तबास खोजिरहेका बेला उनी सबै परिवारसहित पुरानो घरमा बस्ने सोँचमा छन्। 

उनीसहित अधिकांश किसानहरुको खेतीपाती गर्ने थलो एकपाखे हो। उर्वरभूमी, बाह्रैमहिना पानीको सुविधा र पशुपालनका लागि सम्भावना भएर पनि किसानहरु सडक असुविधाकै कारण चिन्तामा थिए। 
गाउँमा मोटरबाटो ल्याउने वर्षौदेखिको सपना यसपाली पुरा भएको फल्तारुख–एकपाखे मोटरबाटो निर्माण समितिका अध्यक्ष हिरा बहादुर थापाले सुनाए। ‘बाटो ल्याउने सोँच पहिलेदेखि थियो’,६० वर्षिय थापाले भने,‘वडा कार्यालयले बजेट विनियोजन गरेपछि अहिले बाटो आयो।’ 

उनले बाटो निर्माण गर्दा शुरुमा सामान्य विवाद भएपनि पछि विवाद समाधान गरेर सडक ल्याइएको जानकारी गराए। स्थानीय हिड्ने सार्वजनिक गोरेटोहुँदै मोटरबाटो निर्माण गरिएको उनले बताए। गाउँका किसानहरुलाई व्यवसायिक रुपमा लाग्नका लागि बाटोले उत्प्रेरणा जगाएको थापाले प्रतिक्रिया दिए। गाउँका करिब दुई सय घरपरिवारको दैनिकी यस सडकसँग जोडिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.