गोरखाको सल्लेरी गाउँमा बूढीगण्डकी पस्यो, चार घर बगायो

गोरखाको सल्लेरी गाउँमा बूढीगण्डकी पस्यो, चार घर बगायो

गोरखा : तीन दिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका-३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ। गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन्। 

२७ घर रहेको सल्लेरीको चार घर बगाइसकेको छ भने अरु घर पनि जोखिममा रहेको स्थानीय गणेश कार्कीले जानकारी दिए।‘राती आठबजेतिर घर बगाउन थालेपछि गाउँका सबैको भागाभाग भयो’, उनले भने, ‘सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाइसकेको छ’, उनले भने, ‘अरु घर पनि जोखिममा रहेकाले मान्छेहरु त्यहाँबाट भागेर रातभर पाखापखेरामा बसेर बिताए।’ 

खान र सुत्न नपाउँदा गाउँमा रुवाबासी भएको उनले बताएका छन्। ‘रातभर पानी परिरहेको छ। ओत लाग्ने ठाउँ पनि छैन’, उनले भने, ‘खान पा’को  नि छैन, सुत्न पा’को नि छैन। सल्लेरीमा बिजोक छ।’ जगत चौकीबाट गएको प्रहरीले बाटोमुनिको सबै घर खालि गरेर त्यहाँ नजान उर्दी गरिसकेको र बाटो माथिका घरबाट पनि अहिले बिहान धमाधम सामान सार्ने काम भइरहेको उनले बताए।

त्यस्तै जगतको तल्लो टोलको विशाल हिमाली घले, विशाल गुरुङ र धनबहादुर गुरुङको घरका परिवार पनि विस्थापित भएका छन्। नदी घर नजिकै आइसकेकाले घर खाली गरेर उनीहरु माथिल्लो टोलमा सरेका कार्कीले जानकारी दिए। 

घट्टेखोलाको काठेपुल बगायो
मंगलबार साँझको घट्टेखोलाको बाढीले चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टेखोलाको पुल बगाएको स्थानीय सुजन गुरुङले जानकारी दिए। चुमनुब्री गाउँपालिकाका बासिन्दा आवतजावत गर्ने मूख्यबाटोमा पर्ने सो पुल बगाएपछि स्थानीयबासी समस्यामा परेका उनले बताए। ‘मूलबाटोको पुल बगाएपछि अब गाउँपालिकाका सात वटै वडाका मान्छेलाई आवतजावतमा ठूलो समस्या पर्ने भयो। खोला तर्न पनि सकिँदैन, पुल पनि छैन’, गुरुङले भने।

सामागाउँमा पहिरोले खेतीबालीमा क्षति 
उत्तरी गोरखाको सामागाउँमा पहिरोका कारण खेतीबालीमा क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका-१ सामागाउँ प्रहरी नजिकै रहेको खेतीयोग्य जमिनमा माथिबाट खसेको पहिरोले करिब तीन रोपनी खेती नष्ट नगरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए। 

खेतीगर्ने ठाउँ नजिकै किसान टहरा बनाएर बस्दै आएका थिए। ५०/६० वटा टहरा रहेको र त्यहाँ तरकारी खेती रेखदेख गर्न बसेका किसानलाई घर पठाइएको प्रहरीले जनाएको छ। निरन्तर वर्षात भईरहेकाले जोखिम बढेको स्थानीयले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.