बाढी पहिरोले गोरखाका विभिन्न सडक तथा पदमार्ग अवरुद्ध

बाढी पहिरोले गोरखाका विभिन्न सडक तथा पदमार्ग अवरुद्ध

गोरखा : अबिरल वर्षापछिको बाढी र पहिरोले गोरखाका गाउँबस्ती जाने पदमार्ग तथा सडक अवरुद्ध भएका छन् । दरौँदी नदीमा आएको बाढीले बारपाक सडक बगाएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ झोलुङ्गेको पक्कीपुल खण्डको सडक बगाएको प्रहरीले जनाएको छ । कालोपत्रे गरिएको सो सडक बगाएपछि बारपाकमा सवारी साधन जान नसक्ने भएको छ ।

त्यस्तै बेनिघाट, आरुघाट, लार्के सडकको आर्खेत खण्डमा बूढीगण्डकीले सडक डुबाएको छ । बूढीगण्डकीको सतह बढेर सडक डुबाएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । सो सडक अवरुद्ध हुँदा उत्तरी गोरखासँगको यातायात सम्पर्क सम्बन्ध बिच्छेद भएको छ ।

त्यस्तै उत्तरी गोरखाको मनास्लु क्षेत्र प्रवेश गर्ने ठाउँमा अनगिन्ति ठाउँमा पदमार्ग बिग्रिएको वडाअध्यक्षहरुले बताएका छन् । चुमनुब्री गाउँपालिका २ को स्याला र ल्हो बीचमा पहिरोले पदमार्ग बगाएको वडाअध्यक्ष पेम्बारेता लामाले जानकारी दिए ।

त्यस्तै ल्हो र स्यो बीचमा पनि पदमार्ग पहिरोले बगाएर अवरुद्ध भएको उनले बताए । ‘भर्जमको पारिबाट झरेको पहिरोले बुढीगण्डकी नदी १० मिनेटसम्म थुन्यो । पछि एक्कैचोटि खुल्दा नदी माथिको काठे पुल बगायो’, उनले भने ।

वडा नं. ४ को गपबाट नाम्रुङ जाने सडकखण्ड पनि पहिरोले अबरुद्ध भएको छ । सोही वडाको क्वाक, छाक जाने पदमार्ग मर्मतसम्भार गर्न नसकिने गरी पहिरिएको वडाअध्यक्ष पेमाडुण्डप लामाले बताए ।

त्यस्तै वडा नं. ५ को बुरबाट गप जाने खण्डको धेरै ठाउँमा पहिरो झरेको छ । पहिरोले धेरै ठाउँमा बाटो अवरुद्ध भएको त्यहाँ खानेपानी योजनाको सामान बोकेर यात्रा गरिरहेका केरौँजाका सोनाम गुरुङले जानकारी दिए ।

त्यस्तै धार्चे गाउँपालिकाका बिभिन्न वडाबाट गाउँपालिकाको केन्द्र माछाखोला जोड्ने सडक बिभिन्न ठाउँमा अबरुद्ध भएको छ । लप्सीबोट माछाखोला खण्डमा धेरै ठूलो पहिरो गएर स्तरोन्नति भइरहेको सडक अवरुद्ध भएको वडाअध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए । बारपाक लाप्राक सडकखण्ड पनि अवरुद्ध रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.