बाढी पहिरोले मर्स्याङ्दीको झोलुङ्गे पुल भत्कियो
गोरखा : निरन्तरको वर्षापछि गोरखा नगरपालिका-१४ गोप्लिङ र आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने मर्स्याङ्दी नदीमाथिको झोलुंगे पुल भत्किएको छ। बिहीबार राति पुलको तनहूँतर्फको जीप भाँसिएर मर्स्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका-१४ का वडाअध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।
पुल बगाएपछि गोरखाको गोप्लिङ, गोर्बुङ, सलाङ्गिरी र छाकुका दुईसय १४ घरधुरीका बासिन्दा राजमार्ग जानबाट बञ्चित भएका छन्। राजमार्गबाट प्रसिद्ध अकला मन्दिर जाने बाटो पनि अबरुद्ध भएको खड्काले बताए।
उक्त झोलुङ्गेपुल मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधबाट केहीमाथि थियो।‘यहाँ पुल नभएपछि मर्स्याङ्दीको बाँधबाट हिड्नुपर्छ। बाँध बिहान सात बजेतिरबाट मात्र खुल्ला हुन्छ। बेलुका सात आठ बजे बन्द हुन्छ। अब गाउँलेलाई बिहान सबेरै राजमार्ग जान र साँझ अबेर फर्कन नपाइने भयो’, उनले भने, ‘मर्स्याङ्दीले बगाएर ल्याएका रुख, मुढाहरु नदीमा लत्रिएको पुलमा अल्झिएर पानी तालिएको छ। त्यसले गर्दा आसपास पहिरो झरिरहेको छ। जोखिम बढिरहेको छ।’
प्रतिक्रिया दिनुहोस !