उत्तरी गोरखा जाने बाटो तीन सातादेखि अवरुद्ध

उत्तरी गोरखा जाने बाटो तीन सातादेखि अवरुद्ध

गोरखा : गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका जाने पदमार्ग विगत तीन सातादेखि अवरुद्ध भएको छ । असार पहिलो साता आएको अविरल वर्षापछि बूढीगण्डकीमा आएको बाढी र पहिरोले त्यस क्षेत्रको बाटो अवरुद्ध बनाएको वडा नम्बर ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए ।

‘बूढीगण्डकीमा झरेको पहिरोले ठाउँठाउँमा बाटो हिँडिसक्नु छैन’, वडाअध्यक्ष लामा भन्छन्, ‘ज्यान जोखिममा राखेर गाउँसभामा आइयो । अब सदरमुकाम झर्नुपर्ने छ । बाँचिने हो कि मरिने हो थाहा छैन ।’

नाम्रुङबाट गप खण्डमा दुईठाउँमा बाटो बूढीगण्डकीमा झरेको छ । गपबाट बिहीफेदीसम्म धेरै ठाउँको बाटो पनि पहिरिएर बूढीगण्डकीमा खसेको उनले बताए । ‘ठाउँठाउँमा हातखुट्टा टेकेर बाँदर झैँ हिँडेर सिर्दिबाससम्म आयौँ, अब यहाँबाट तल कसरी झर्ने हो थाहा छैन’, उनले भने ।

जगतदेखि तातोपानीसम्मको बाटो अझै जोखिम रहेको स्थानीय वीरबल घले बताउँछन् । ‘जगतबाट यारुसम्म जाने त बाटै छैन । करिब एकसय मिटर बाटोमा गण्डकी फैलिएको छ’, चुमचुब्री मिलन समाजका अध्यक्षसमेत रहेका घले भन्छन्, ‘नहिडी नहुने कोही–कोही मान्छे लुगा फुकालेर हातमा लिएर डुब्दै–डुब्दै हिड्ने गर्छन् । कोही लहरा र घाँसमा झुण्डिएर भित्ताभित्तै हिड्ने गर्छन् । दुईहप्ता भइसक्यो राज्यको ध्यान गएको छैन ।’ बूढीगण्डकीले धार परिवर्तन गरी क्याण्टिलिभर पुलनेर पनि बाटोको क्षेत्र ढाक्न आइपुगेको उनले बताए । 

हिमाल पारिको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन । खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान खच्चडले बोक्ने गर्छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा खाद्यान्न संकट समेत हुनसक्ने स्थानीयको आशंका छ । ‘यता खासै उत्पादन हुँदैन । अलिअलि हुने मकै पनि खाने बेला भएको छैन’, गाउँपालिकाको कार्यपालिका सदस्य विशाल हिमाली घलेले भने, ‘पूरै बजारको खाद्यान्नको भर पर्ने हो । अब एकहप्तासम्म पनि बाटो खुलेन भने भोकमरी पो लाग्ला भन्ने डर छ । अहिले नै चामल खोज्न यताउता दौडिन थालिसकेका छन् ।’ दुर्गममा ठूलो मान्छेको नजर नपर्ने उनले गुनासो गरे ।

गाउँपालिकाको केन्द्र फिलिममा कुमारी वैँक छ तर पालिकाको वैँकिङ कारोबार सो शाखाले गर्दैन । स्थानीय उपभोक्ता समितिले गरेको कामको रकम भुक्तानीका लागि आउँदो हप्ता सातवटै वडाका उपभोक्ता समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरु सदरमुकामको शाखामा आउने तयारीमा छन् । तर बाटोको अबस्था नाजुक रहेको उनीहरुको गुनासो छ । 

‘एकातिर वैँकले गाउँपालिकाको काम नगरेर सात दिनको बाटो हिडेर सदरमुकाम झर्नु पर्नेछ, अर्कातिर बाटोको अवस्था यस्तो बिजोग छ’, वडा नं. ४ का वडाअध्यक्ष पेमा डुण्डुप लामा भन्छन्, ‘सदरमुकाम पुगिन्छ कि पुगिदैन, पुगेपछि फर्केर आइन्छ कि आइदैन थाहा छैन ।’ सँधै सांसद मन्त्रीहरुलाई दु:ख पोखिरहेको तर अवस्था कहिल्यै सुधार नभएको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.