मेयरले स्थानीयलाई कार्यालयमा थुनेपछि इटहरी उपमहानगरपालिका घेराउ

मेयरले स्थानीयलाई कार्यालयमा थुनेपछि इटहरी उपमहानगरपालिका घेराउ

इटहरी : मेयर द्वारिकलाल चौधरीले नगरवासीलाई नियमविपरीत कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले उपमहानगरपालिका घेराउ गरेको छ । बुधबार साँझ मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको नेपाली कांग्रेसले स्थानीय नेता, कार्यकर्ताहरुसहित बिहीबार बिहानै उपमहानगरपालिका घेराउ गरेको हो । 

बुधबार दिउँसो इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर मेयर चौधरी हिँडेको र साँझ इटहरी प्रहरीले उनको उद्धार गरेको कांग्रेसको आरोप छ ।

ढकालले ऐलानी जग्गा मिचेर घर बनाएको र नक्सा पाससमेत नगरेको भन्दै मेयर चौधरीले बुधबार दिउँसो कार्यालयमा बोलाएका थिए । सो क्रममा चौधरीले सात दिनभित्र भत्काउने लिखित गर्न भनेको तर आफूले नमानेको ढकालले बताए ।

‘मैले नमानेपछि थुन्देऊ भनेर मेयरले नगर प्रहरीलाई अह्राउनुभयो र थुनेर हिँड्नुभयो,’ उनले भने । ढकालले आफूलाई दुई घण्टादेखि थुनिएको विषयमा जानकारी गराएपछि नेपाली कांग्रेस नगरसभापति हेमकर्ण पौडेललगायतको समूह उपमहानगरपालिका पुगेको थियो । पछि प्रहरीको सहयोगमा उनलाई निकालिएको हो।

यता मेयर चौधरीले भने आफूले बस्दै गर्नु भनेको तर नथुनेको बताएका छन् । बोलाएको समयमा नआएपछि आफू बाहिर निस्कदै गर्दा आएका ढकाललाई कार्यालयमा बस्दै गर्नु भनेको उनले जिकिर गरेका छन् ।

यता नेपाली कांग्रेसले भने मेयर चौधरीको गतिविधि नगरवासीको हितविपरीत भएको भन्दै सशक्त प्रतिरोध गर्ने जनाएको छ । यसअघि मंगलबार मात्रै पनि उनले इटहरी १३ मा निर्माणाधिन रिसोर्टको पर्खाल भत्काएका थिए । 

अनुमति नलिइ संरचना बनाएको र पानीको बहाव छेकेर डुवान भएको भन्दै डोजर र प्रहरीहरु लगेर पर्खाल भत्काइ दिएका थिए । सो क्रममा व्यवसायी तथा सर्वसाधारणहरुले विनाप्रक्रिया एक्कासी भत्काएको भन्दै विरोध जनाएका थिए । 

मेयर चौधरी यसअघि पनि भ्रष्टाचार गर्ने कर्मचारीलाई कुटेको, पत्रकारहरुलाई धम्की दिएको जस्ता घटनाका कारण चर्चामा आएका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.