सिदिंवा गाउँपालिकाको योजनाः एमबीबीएस र ईञ्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति

सिदिंवा गाउँपालिकाको योजनाः एमबीबीएस र ईञ्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति

ताप्लेजुङ: ताप्लेजुङको सिदिंवा गाउँपालिकाले एमबीबीएस तथा ईञ्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना ल्याएको छ । पालिकाले विपन्न तथा क्षमतावान विद्यार्थीको आर्थिक बोझ घटाउनको लागि छात्रवृत्ति दिने व्यवस्था गरेको हो ।

मंगलबार सातौँ गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले पालिकाको शैक्षिक गुणस्तरलाई उकास्न भौतिक पूर्वाधार सहित अन्य क्षेत्रको समेत सुधारमा जोड दिइएको बताए । आधारभुत तह र एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद २५ हजार र विद्यालयलाई एक लाख सहित सम्मान गर्ने, वर्ष उत्कृष्ट शिक्षक घोषणा गर्ने, महामारीको समयमा भौतिक दूरी कायम गरी पठनपाठन हुने अवस्थाको सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सभामा उपाध्यक्ष ताम्लिङले आव २०७८/०७९ का लागि ४२ करोड २ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । चालु तर्फ १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ अर्थात ५७ प्रतिशत र पूँजीगत तर्फ १४ करोड ८४ लाख ९६ हजार अर्थात ४३ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकास प्राथमिकतामा राखिएको छ । पालिकाले बजेटमा पूर्वाधार विकासतर्फ ६ करोड ७८ लाख ६ हजार, सामाजिक विकासतर्फ ५ करोड ५० लाख ५० हजार, आर्थिक विकासतर्फ ८९ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ २२ लाख ५० हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ८० लाख रुपैयाँ विनियोजना गरेको छ ।

पालिकाले बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको भए पनि भौगोलिक विकटताका कारण कालिखोला, मेहेले, सुरुम्खिम र सादेवाका सेवाग्राहीहरु बैंकसम्म पुग्न नसक्ने गुनासो आएको भन्दै उपयुक्त विकल्पको छनौट गरि समस्याको समाधान गर्ने, सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै तीन स्थानमा प्रहरी चौकी स्थापनाका लागि पहल गर्ने, बेरुजु असुलीलाई कडाईका साथ अवलम्बन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँघरमै पुगेर राजश्व संकलन गर्ने, सेवा प्रवाहमा विद्युतयि सुचना प्रविधीको उपयोग गर्ने, वर्ष उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने, बहुमुल्य जडिबुटीको चोरी निकासी रोक्नको लागि टोल विकास संस्थालाई परिचालन गर्ने, गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरुको भवन निमार्णलाई प्राथमिकतामा राख्ने नीति पालिकाले लिएको छ । नयाँ सडक निर्माण गर्दा ५ मिटरको चौडाई अनिवार्य गर्ने, दश लाख वा सो भन्दा माथिका योजनालाई ठेक्का प्रणालीबाट सञ्चालन गरि बाँकी रहेको रकमबाट घाटा बजेटको श्रोत मिलान गर्ने लक्ष्य पालिकाले लिएको छ ।

असार १० गते भित्रै नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भए पनि पालिकाले बजेट ल्याउन सकेको थिएन । गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया र उपाध्यक्ष जीवन ताम्लिङलाई नै कोरोना संक्रमण देखिएपछि गाउँसभा रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.