६ जना फरार अभियुक्त लमजुङमा पक्राउ

६ जना फरार अभियुक्त लमजुङमा पक्राउ

बेंसीसहर : जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्त पक्राउ गरेको छ । न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका विभिन्न मुद्दाका ६ जना अभियुक्त लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

लागुऔषध (ब्राउनसुगर) मुद्दामा नौ वर्षदेखि फरार रहेका बेंसीसहर नगरपालिका– ७ बस्ने २९ वर्षीय अम्मरबहादुर गुरुङलाई पक्राउ गरेको छ । उनलाई शनिबार बेंसीसहर नगरपालिका– ७ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए । 

यसैगरी, चोरीसम्बन्धी मुद्दामा फरार रहेका १८ दिन कैद र २० हजार तीन सय २५ जरिवाना भएका बेंसीसहर नगरपालिका–  ४ का २३  वर्षीय रविन गुरुङलाई पनि पक्राउ गरेको छ । 

उनलाई बेंसीसहर नगरपालिका- ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, बहुविवाह मुद्दामा २० वर्षदेखि फरार रहेका बेंसीसहर नगरपालिका– ३ का वर्ष ४५ वर्षीय मीनकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।
 
उनलाई राईनास नगरपालिका– ६ बाट लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । यस्तै, जालसाजी मुद्दाका एकजना, सम्बन्धविच्छेद मुद्दाका एकजना र लुटपाट मुद्दाका एकजना गरी जम्मा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आइतबार जिल्ला अदालत लमजुङमा पेस गरेकोमा अम्मरबहादुर गुरुङ, मीनकुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन् । अन्य तीनजना जरिवानाबापतको रकम बुझाएर छुटेका छन् ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.