सप्तकोशीमा पानीको वहाव उच्च : सर्तक रहन आग्रह

सप्तकोशीमा पानीको वहाव उच्च : सर्तक रहन आग्रह

धरान : पूर्वी पाहाडी जिल्लाहरुमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ। सप्तकोशीमा पानीको वहाव उच्च भएपछि कोशी आसपासका क्षेत्रका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। 

शुक्रबार दिउसो १:३० बजे सप्तकोशीमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार सप्तकोशीमा पानीको वहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा मात्र ढोका खोलिएको छ। सशस्त्र प्रहरी उपरीक्षक पौडेलले कोशी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली उद्धारका लागि सप्तकोशी आसपासका क्षेत्रमा  परिचालन गरिसकिएको जानकारी दिए।

सप्तकोशीमा पानीको वहाव उच्च भएपश्चात भारतले कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालेको छ। सप्तकोशीमा पानीको वहाव उच्च भएकाले कोशी आसापासका बासिन्दालाई सर्तक र सुरक्षित रहन स्थानीय प्रशासनले निर्देशन गरिसकेकेो सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले सप्तकोशीमा पानीको वहाव बढेसँगै सुनसरीको कोशी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि तयारी अवस्थामा राखिएको बताएका छन्। 

सप्तकोशी नदीमा पानीको वहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोशीमा पानीको वहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण आत्तंकित बनेका छन्।  भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीको श्रीलंका टापुमा कोशीले तीव्र कटान गरेको स्थानीय सन्तोष चन्द्रबंसीले बताए। उनले पानीको वहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका खोलेर सर्वसाधारणलाई निर्धक्क रात बिताउन व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन्।

२०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको वहाव एक लाख ६८ हजार रहेको थियो। कोशी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकही गाविसमा हजारौं बिघा खेतियोग्य जमिन मरुभूमि बनाउनुका साथै ५ हजारभन्दा बढी घर परिवारको उठिबास बनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.