ग्राहकको खाताबाट २७ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

ग्राहकको खाताबाट २७ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

इटहरी : किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा इलामका केशव राई पक्राउ परेका छन्। उनलाई इटहरी ४ स्थित तुलसा टोलबाट प्रहरीले पक्राउ गरेको हो।

३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकालेका थिए। पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका थिए।

उच्च अदालत विराटनगरले उनीविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका थिए। पक्राउपछि ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.