इटहरीका मेयरविरुद्ध महिला आन्दोलित

इटहरीका मेयरविरुद्ध महिला आन्दोलित

इटहरी : मेयर द्वारिकालाल चौधरीले महिला सेवाग्राहीलाई महिला भन्दै दुर्व्यवहार गरेको भन्दै सुनसरीका विभिन्न संघसंस्थाका महिला आन्दोलित भएका छन्। गत बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाएका महिलाले शुक्रबारसम्म लगातार धर्ना, नाराबाजी तथा नगर परिक्रमा गरिरहेका छन्।

बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कार्यालय अगाडी संयुक्त विरोध कार्यक्रमको ब्यानर टाँगेकोमा प्रहरीले ब्यानर निकालिदिएपछि उनीहरु झन आक्रोशित बनेका थिए। उनीहरुले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

अघिल्लो  बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा जथाभावी बोलेर दुर्व्यवहार गरेको उनीहरुको आरोप छ। लगत्तै दर्जन बढी महिला अधिकारवादी संस्थाहरुले विरोध जनाउँदै माफी माग्न भने पनि मेयर चौधरीले माफी नमागेपछि थप आन्दोलित बनेको सुशीला उप्रेतीले बताइन्।

महिलाहरुले शान्ती सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्। मेयर चौधरीले चर्चा कमाउनकै लागि विवादित कामहरु गरिरहेको भन्दै अर्की महिला अधिकारकर्मी योषा गुरागाईंले मेयरको फोटोसहितको ब्यानर चोक चोकमा टाँसिएको बताइन्।

महिलाहरुले यसअघि नै इटहरीका विभिन्न राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् भने महिला आयोगमासमेत उजुरी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.