कांग्रेस अधिवेशन:राइनासकाे मतदान स्थगित,मतपत्र जलाइयो

कांग्रेस अधिवेशन:राइनासकाे मतदान स्थगित,मतपत्र जलाइयो

बेसीसहर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लमजुङको राइनास नगरपालिकामा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित गरिएको छ। मतपत्रको रेजा लगाउने स्थान र सिरियल नम्बरमा त्रुटि भेटिएको हो। मतदान प्रक्रिया स्थगित गरिएसँगै मतदान गरिएका र मतदान गर्न बाँकी मतपत्र जलाइएको छ।

सभापतिका लागि मतदान प्रक्रिया चलिरहेका बेला मतपत्रमा त्रुटि भेटिएको थियो। मतपत्रमा त्रुटी भेटिएपछि सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले मतदान रोक्न माग गरेका थिए। उनीसँग सभापती पदमा नुरराज कडरिया चुनावी मैदानमा थिए। 

सभापतिका उम्मेदवार पौडेलको आफ्नो मत संकेत गर्ने ठाउँमा कोठा नै नभएको र दुवै उम्मेदवारको क्रमसंख्या एउटै १ भएपछि विरोध जनाएका थिए। कुल २ सय २ मतदाता रहेकोमा १ सय २३ मत खसेको थियो। मतपत्रमा त्रुटि देखिएपछि दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरिएपनि सफल नभएपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत दिनेश चिलुवालले जानकारी दिए। 

राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा थिए। देउवा समूहबाट नुरराज कडरिया र पौडेल समूहबाट श्रीकृष्ण पौडेल नेतृत्वको प्यानल राइनास समितिको प्रतिस्पर्धामा उत्रिएको थियो।

दुई समूहबीचको टकराब र मतदान हुने केन्द्र विवादसमेत रहेको राइनासमा करिब ६१ प्रतिशत मतदान भइसकेपछि निर्वाचन नै स्थगित हुन पुगेको हो। करिब ५० जनाले मत खसालिसकेपछि यो विषयमा विवाद सुरु भएको थियो। विवादकैबीच १ सय ३४ जनाले मतदान गरिसकेका थिए।

सुनियोजित रुपमा आफूलाई हराउन मतपत्र गलत छापिएको श्रीकृष्ण समूहले आरोप लगाएको छ। अर्का उम्मेदवार नुरराजले मतदान प्रक्रियामा जानु अगाडि नै विचार नपुर्याउने तर बीचमा पुगेर षडयन्त्रपूर्वक रोकिएको आरोप लगाएका छन्। 

दुई पक्षबीच २ घन्टाभन्दा बढी समय विवाद भएको थियो। दुबै समूहबीच हात हालाहालको स्थिति सिर्जना भएपछि अन्तत मतपत्र नै जलाएर निर्वाचन स्थगित गर्न दुबै पक्ष सहमत भएका हुन् ।

दुबै समूहले आफूहरुको जीत सुनिश्चित रहेको दाबी गरेका थिए। श्रीकृष्ण नेबि संघका पूर्व जिल्ला सचिव हुन् भने नुरराज सोही पालिकाका पूर्व प्रशासकीय अधिकृत हुन्। राइनासमा देउवा र पौडेल समूहबीच तिक्ततापूर्ण प्रतिस्पर्धाका कारण मतदान केन्द्र कहाँ बनाउने भन्ने विषयमा पनि विवाद भएको थियो। एउटा समूहले वडा नम्बर ४ को सातबिसे र अर्को समूहले वडा नम्बर ७ को धमिलिकुवामा केन्द्र बनाउने अडान लिएका थिए। रोकिएको निर्वाचन दुई तिन दिनमै सुरु गर्ने कांग्रेस सभापति भेषबहादुर पौडेलले जानकारी दिए ।

चार पालिकामा सर्वसम्मत, तीनमा निर्वाचन 

नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत लमजुङ जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा सभापति चयन गरिएको छ। शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन भएका हुन्।

मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनीहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य हुन्।

बेसीसहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा भने मतदानबाट नगर सभापति चयन गरिएको छ। बेसीसहरमा शरणहरी जोशी, सुन्दरबजारमा प्रकाश सेढाई र मध्य नेपालमा बसन्तराज घिमिरे सभापतिमा निर्वाचित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.