मकुना हात्ती मृत फेला

मकुना हात्ती मृत फेला

इटहरी : कोसी टप्पु वन्यजन्तु आरक्षण आसपास लामो समयदेखि उपद्रो मच्चाउँदै आएको मकुना नामक हात्ती आइतबार मृत फेला परेको छ। कोसी टप्पु वन्यजन्तु आरक्षण कार्यालय नजिकै मृत अवस्थामा भेटिएको आरक्षले जानकारी दिएको छ। 

आरक्षणका प्रमुख अशोक रामका अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको जस्तो देखिएपनि कारण खुल्न हुन सकेको छैन। धानबारीमा मृत भेटिएको हात्तीको वरपर तारसमेत नभएकोले कारण खुल्न हुन नसकेको हो। 

नजिकका बस्तीमा उपद्रो मच्चाउने गरेपछि आजित भएर केही स्थानीय प्रशासनले हात्ती मार्ने योजनासमेत बनाएको थियो। सुनसरी प्रशासनले सो विषयमा बैठक नै बसेर छलफल गरेको थियो। सर्वत्र विरोध भएपछि प्रशासन निर्णयबाट पछि हटेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.