हिरासतभित्र थुनुवा मृत्युप्रकरण : इनरुवामा झडप, दर्जन बढी घाइते

हिरासतभित्र थुनुवा मृत्युप्रकरण : इनरुवामा झडप, दर्जन बढी घाइते

इटहरी : हिरासतभित्रै थुनुवाको मृत्यु भएको विषयमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परी एक दर्जन बढी घाइते भएका छन् । प्रेम सम्बन्धको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका भोक्राहा ५ का हकिम साह आइतबार बिहान मृत फेला परेका थिए ।

आफन्तहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन थालेपछि नियन्त्रणमा लिने क्रममा झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । सुनसरीको गाउँ-गाउँबाट आएका मानिसले इनरुवाका सडकहरु अवरुद्ध गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जय सिंह थापाले भने शाहले आत्महत्या गरेको बताएका छन्। तर मृतकका आफन्तहरुले सुनियोजित हत्या भएको भन्दै छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् । प्रहरी कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.