गाउँ फर्किएर तितेपाती खेती

गाउँ फर्किएर तितेपाती खेती

ताप्लेजुङ : पाथिभरा याङ्वरक–१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइँ सरे । बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि थातथलो छाडेका उनीहरू ९ वर्षपछि गाउँ नै फर्किएका छन् । गाउँ फर्किएर २४ रोपनी बाँझो जमिनमा तितेपाती खेती सुरु गरेका छन् । ‘बाँदरको दुःख खप्न नसकेर झापा झरेका थियौं । त्यहाँको उखरमाउलो गर्मीमा झन् बस्न सकिएन,’ सनमले भने, ‘यहीँ आएर तितेपाती खेती थालेको छु । यसमा बाँदर लाग्दैन ।’ 

सनमले जिल्लामा पहिलोपल्ट भुवादार जापानी प्रजातिको तितेपाती खेती लगाएका हुन् । ‘झापा झरेपछि बाँझो जमिनको माया लाग्यो । जंगली जनवारले पनि क्षति नगर्ने र आम्दानी पनि चाँडै लिन सकिने खेती के हुनसक्छ भनेर खोज्दै जाँदा युट्युबमा तितेपाती खेतीका बारेमा जानकारी पाएँ,’ सनमले भने, ‘थोरै परिश्रम र लगानीमै राम्रो आम्दानी लिन सकिने रहेछ ।’ 

तितेपातीको पात र डाँठ औषधि बनाउन प्रयोग हुन्छ । पात र डाँठ प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिन्छ । यसको सुकेको पात तथा डाँठ प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गुरुङले सुनाए । ‘वर्षमा चार सिजन बिक्री गर्न मिल्छ । एक सिजनमा १० क्विण्टल उत्पादन हुन्छ,’ उनले भने, ‘अहिले बिरुवाबाट राम्रो आम्दानी छ ।’

ढाड र नसाका बिरामीको शरीर दुखाइ निको पार्न प्रयोग गरिने औषधि बनाउन तितेपातीको प्रयोग हुन्छ । उनले बिरुवा पनि उत्पादन गर्न थालेका छन् । बिरुवा एक रुपैयाँ प्रतिगोटामा बिक्री हुन्छ । कठमाडौंको यामासो प्रा.लीले घरमै आएर खरिद गरेर लैजान्छ । 
जिल्लाको अन्य ठाउँका कृषकले यो प्रजातिको तितेपाती लागाउन थालेका छन् । बिरुवाको माग देशैभरबाट आएको सनमले बताए । यो तितेपातीबाट तयार हुने मोग्जा स्टिक जापान निर्यात हुने गरेको छ । मोग्जा स्टिक नसा र ढाड दुःखाइसँगै शरीरका विभिन्न रोगको उपचार अर्थात् मोग्जा थेरापीका रुपमा पनि प्रयोग हुने गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.