गुल्मीमा खोलाले जीप बगायो
गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका- ६ स्थित स्थानीय डहरे खोलाले सवारी जीपलाई बगाएको छ। सोमबार बुटवलबाट वामिटक्सार जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीपलाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार बगाएको जीपको खोजी कार्य जारी छ। सवारी चालक सकुशल रहेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !