'कम्युनिस्ट पार्टीको नाममा साना-तिना नाङ्लो पसल खोल्नुको औचित्य छैन': भट्टराई

'कम्युनिस्ट पार्टीको नाममा साना-तिना नाङ्लो पसल खोल्नुको औचित्य छैन': भट्टराई

ताप्लेजुङ : नेकपा एमाले नेता योगेश भट्टराईले कम्युनिस्ट पार्टीको नाममा साना-तिना नाङ्लो पसल खोलेर समाजमा प्रभावकारी हस्तक्षेप हुन नसक्ने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघ ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी तर्फ लक्षित गर्दै उनले सामान सकिएको बुढो पसले जस्तो भएर कोहि नेता बस्नुको अर्थ नभएको दाबी गरे। 

‘पसल छ, सामान छैन, सामान ल्याउने ल्याकत पनि छैन, ग्राहक पनि आउँदैन तर बुढो पसले पसल खोलेर बसिरहन्छ त्यसैले कुनैपनि नेताहरु बुढो पसले जस्तो भएर बस्नुको औचित्य छैन।,’ उनले भने ‘अब नेकपा एमालेका अगुवाईमा फेरि पनि नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकतावद्व बनाउने दायित्व हामीसँग छ।’
 

पार्टीलाई अन्तरविरोध र टुटफुटका कारण क्षति पुगेको भन्दै उनले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नको लागि मिसन नै बनाएर अघि बढ्ने उनको भनाई थियो। सत्तारुढ गठबन्धन कागती र नास्पातीको कलमी भएको आरोप उनले लगाए। गठबन्धनको आयु लामो नभएको ठोकुवा गर्दै भट्टराईले भने,‘यो गठबन्धन कागती र नास्पातीको कलमी जस्तै हो। यो मात्रै नेकपा एमालेको विरुद्धमा आबेगमा बनेको गठबन्धन हो।’
 
यता सर्वोच्च अदालतमा देखिएको विवादको प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएर सोहि बैठकमार्फत निकास निस्काल्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुपर्छ, त्यहाँ स्वयम् प्रधानन्यायाधिश पनि सदस्य हुनुहुन्छ, विपक्षी दलका नेता र अन्य निकायका प्रमुखहरु पनि सहभागी हुनुहुन्छ र न्यायालय समस्या किन आयो? यसको निकास के हो? यसको विषयमा त्यहाँ छलफल हुनुपर्छ।’ उनले भने ‘सर्वोच्च न्यायालयको विषयलाई लिएर जहाँ पायो त्यहिँ छलफल गरेर न्यायालयलाई विवादमा ल्याउने र सडकमा तान्ने काम गर्नुहुँदैन।’ 

प्रधानन्यायधिश तथा न्यायधिशहरुले राजिनामा दिने नदिने विषय व्याक्तिगत अधिकारको विषय भएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.