११ वर्षीय बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

११ वर्षीय बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

बाजुरा : ११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सेती कर्णाली ईङलिस स्कुलमा कार्यरत शिक्षक कन्चनपूर जिल्ला शुक्लाफाटा नगरपालिका–८ का २६ वर्षीय भिम ठगुन्नालाई पक्राउ गरेको हाे।

बालिकालाई आरोपितले माघ २० गते राति पीडितकै होटेलमा बलात्कार गरेको आरोपमा बालिकाका अभिभावकले जगन्नाथ प्रहरी चौकीमा माघ २३ गते उजुरी दिएका थिए। जगन्नाथ प्रहरीले आरोपीतलाई पक्राउ गरी कोल्टि प्रहरी चौकीलाई बुझाएको र कोल्टिबाट २४ गते जिल्ला प्रहरी कार्यालय पुगाएर अनुसन्धन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउदले जानकारी दिएका छन्। 

जबरजस्ती करणी मुद्दामा बाजुरा जिल्ला अदालतबाट माघ २४ गते सात दिनको म्याद थप लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेब साउदले बताए।

बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते बाजुरा जिल्ला अस्पताल बाजुरामा भएको र रिर्पोट २४ गते मात्र प्राप्त भएको प्रहरी निरिक्षक साउदले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.