रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनी राष्ट्रपति

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनी राष्ट्रपति

युक्रेन : युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन्। उनले मंगलबार भने, 'मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुँदैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुँदैन।'

युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उनले बताए। त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले भनाइ छ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरु पश्चिमा देशहरुले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.