सगरमाथा क्षेत्रमा चिसोका कारण रोकिएका काम सुरु

सगरमाथा क्षेत्रमा चिसोका कारण रोकिएका काम सुरु

सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा रोकिएका विकास निर्माणले धमाधम गति लिन थालेको छ। अत्याधिक चिसोका कारण हिउँदमा स्थगित गरिएको विकास निर्माणका कामहरु मौसम तातो हुन थालेसँगै सुचारु गरिएको गाउँपालिकाले जनाएको छ। मौसम तातिएसँगै खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को खुन्दे क्षेत्रमा करिब एक महिना देखि रोकिएको खानेपानी योजनाको काम सुरु भएको छ।

यस अघि नै पाईप विछ्याउने काम सम्पन्न गरेपनि अत्याधिक चिसोका कारण बाँकी कार्यहरु गर्न नसक्दा स्थगित गरिएको गाउँपालिका प्रबक्ता ल्हाक्पा छिरि शेर्पाले बताए। मौसम अनुकुल भएसँगै करिब दुई हप्ता अघिबाट रोकिएका कामहरु सुचारु गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले पाङ्बोचे स्वास्थ्य चौकी भवन मर्मत, त्याङमोजे गुम्बाको माने मर्मत, खुम्जुङ भ्याली भित्रको पर्यटक पदमार्ग मर्मत, खुम्जुङ स्कुलको भवन मर्मत लगायतका कार्यहरु धमाधम भईरहेको छ।

पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पुरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले सो क्षेत्रमा विकास निर्माणले गति लिन नसक्ने स्थानीयले बताएका छन्। चिसोका कारण सिमेन्ट सेट नहुने भएकाले फागुन दोश्रो साता अघि कङ्क्रिटका कामहरु गर्न सक्ने सम्भावना नहुने भएकाले तातो मौसमको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको खुम्बु पासङ ल्हामु गाउँपालिका ४ खुम्जुङका स्थानीय छिमी छिरी शेर्पाले बताए।

साउनबाट सुरु हुने नयाँ आर्थिक वर्षमा असोज कात्तिकमा मात्रै बजेट निकासा हुने र मंसिर अन्तिमबाट सो क्षेत्रमा चिसोले काम गर्न सकिदैन। त्यसैगरी पुस माघपछि चैतबाट मात्रै काम गर्न सकिने भएकाले खुम्बु क्षेत्रको विकासमा आर्थिक वर्ष नै बाधक बन्ने गरेको गाउँपालिका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाको भनाई छ। 

चिसोले हिउँदमा विकासका कामहरु रोकिने भएकाले खुम्बुमा सम्भव भएसम्म हिउँद अघि नै विकास निर्माणका कार्यहरु सक्ने  गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.