इटहरीमा डेरावालको कोठामा बम बिस्फोट : दुईजना घाइते

इटहरीमा डेरावालको कोठामा बम बिस्फोट : दुईजना घाइते

इटहरी : इटहरीमा सोमबार राती बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी २ नवजागृति टोलमा भएको विष्फोटमा २२ वर्षीया रबिन थापा र २३ वर्षीया शेरजंग गुरुङ घाइते भएका हुन्। 

थापा एक महिनाअघि मात्र अमित श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए। घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद्‍ नेपालको पर्चा बरामद गरेको छ। सुतली बम बिस्फोट भएको बताइएको छ। 

थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले बताए। उनका अनुसार घाइते दुवैको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ। 

संघीयता खारेजी, हिन्दु राष्ट्र स्थापना, नागरिकता छानबिन, एमसीसी सम्झौता खारेज लगायतका मागहरु उक्त संगठनले राखेर देशव्यापी सशस्त्र युद्धको घोषणा गरेको एक महिनापछि यो विष्फोटको घटना भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.