बाजुरा : स्थानीय निर्वाचनका लागि १५ दल दर्ता, १७ हजार बढी मतदाता

बाजुरा : स्थानीय निर्वाचनका लागि १५ दल दर्ता, १७ हजार बढी मतदाता

बाजुरा : आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि बाजुरा जिल्लामा १३ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। राष्ट्रिय मान्यताप्राप्त ४ ओटा र मान्यताप्राप्त नभएका साना ९ गरी १३ वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नवराज अवस्थीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा कम्यूनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना ९ दलले चुनाव चिह्नका लागि विवरण बुझाएका छन्। 

कार्यालय प्रमुख अवस्थीले दिएको जानकारी अनुसार जनजागरण पार्टी नेपाल, सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पाटी, नेपाली काँग्रेस बिपी, जनसमाजवादी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च गरी ९ ओटा पार्टीले दल दर्ता गराएको अवस्थीले बताए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ०७८ चैत ४ गते देखि चैत ६ गतेसम्म निर्वाचन चिन्हका लागि दल अध्यावधिक गर्ने समय तोकिएको थियो। नेपालको संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ। 

निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ। निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ४० हजार ५ सय ३७ महिला, ४२ हजार १ सय ५१ पूरुष र २ जना अन्य गरी ८२ हजार ६ सय ९० मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ।

त्यसैगरी जिल्ला भरि ७० ओटा मतदानस्थल र १ सय १२ मतदान केन्द्र कायम गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.