उम्मेदवार बन्न आफन्तको नाममा ठेक्का नामसारी गर्दैं बाजुराका ठेकेदार

उम्मेदवार बन्न आफन्तको नाममा ठेक्का नामसारी गर्दैं बाजुराका ठेकेदार

बाजुरा : निर्वाचन आयोगले कुनै स्थानीय तहको उम्मेदवार बन्न स्थानीय तहको ठेक्कापट्ठा तथा चल अचल सम्पति सम्बन्धी ब्यवहारमा संलग्न नरहेको हुनैपर्ने नियमपछि बाजुराका १२ जना ठेकेदारहरुले आफ्नो नाममा रहेको ठेक्काको फर्म आफन्तको नाममा नामसारी गरेका छन्।

 
२०७८ चैत्र १६ गत निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा हस्ताक्षर प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेखपछि बाजुराका ठेकेदारहरुले आफन्तको नामसारीमा गर्न लागी परेका छन्। नामसारी गर्न १२ जनामध्ये सबैभन्दा बढी बुढीनन्दा नगरपालिकाबाट रहेका छन्। जसमा ६ जनाले आफन्तको नाममा नामसरी गरेका छन्। हिमाली गाउँपालिकाबाट २ जना, बुढीगंगाबाट १ जना, जगन्नाथबाट १ जना र गौमुलबाट १ जनाले आफन्तको नाममा नामसारी गराएका छन्।
 
नामसारी गर्नेमा दिब्यश्वरी निर्माण सेवा बुढिनन्दा नगरपालिका-२ का प्रोपराईटर अंगलाल जैशीले भाई प्रकाशराज रेग्मीको नाममा नामसारी गरेका छन्। अंगलाल जैशी बुढीनन्दा नगरपालिका-२ नेपाली काँग्रेसबाट वडाअध्यक्षका आकाङ्‌क्षी रहेका छन्। दिपशन कन्स्ट्रक्सन एण्ड सप्लार्यस बुढिनन्दा-१ का दयाराम पाण्डेले श्रीमती शुसिला आचार्यको नाममा नामसारी गरेका छन्। पाण्डे बुढीनन्दा नगरपालिका-१ बाट नेपाली काँग्रेसकोतर्फबाट वडा अध्यक्षको आकाङ्‌क्षी रहेका छन्।

त्यस्तै बुढिनन्दा नगरपालिका-१ का वर्तमान वडाअध्यक्ष नृपराज खत्रीको नाममा रहेको लोकमणी कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स नामको फर्म श्रीमती नेत्रु खत्रीको नाममा सारेका छन्। खत्री पुन नेपाली काँग्रेसबाट वडाअध्यक्षको उम्मेदवारी बन्ने आकाँक्षा राखेका छन्। त्यसैगरी दिनेश निर्माण तथा अर्डर सप्लायर्स कन्स्ट्रक्सन बुढिनन्दा नगरपालिका-१ का सुन्दर बिष्टले भाई उत्तम बिष्टका नाममा नामसारी गरेका छन्। बिष्ट नेपाली काँग्रेसकोतर्फबाट वडाअध्यक्षमा उम्मेदवारका आकाङ्‌क्षी रहेका छन्। बिष्ट ०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजय भएका थिए।
 
हिमाली गाउँपालिका-४ का छत्रबहादुर मल्लको नाममा रहेको छत्र कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स श्रीमती रंगसरा मल्लको नाममा नामसारी गरेका छन्। छत्रबहादुर मल्ल ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्मथक थिए भने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हिमाली गाउँपालिका-४ बाट नेकपा एमालेतर्फबाट वडाअध्यक्षमा आकाँकङ्‌क्षा राखेका छन्। त्यसैगरी मितज्यू कन्स्ट्रक्सन एण्ड सप्लार्यसका प्रोपराईटरसमेत रहेका गौमुल गाउँपालिकाका हरिबहादुर रोकायाले भाई अर्जुन रोकायाको नाममा फर्म नामसारी गरेका छन्। रोकाया पुन गौमुल गाउँपालिकाको अध्यक्षमा दोहोरीने आकाङ्‌क्षा राखेका छन्।
  
जगन्नाथ गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष कालिबहादुर शाहीको नाममा रहेको पूर्णा निर्माण सेवा छोरा जीवन शाहीको नाममा नामसारी गराएका छन्। शाही पुन: जगन्नाथ गाउँपालिकाको अध्यक्षमा दोहोरीने आकाँक्षामा रहेका छन्। हिमाली गाउँपालिका-७ का मया प्रसाद तिमिल्सेनाको नाममा चलाउँदै आएको एमपी तिमिल्सेना समाज निमार्ण सेवा नामको फर्म काका गुरुप्रसाद उपाध्यायको नाममा सारेका छन्। तिमिल्सेना नेकपा एमालेबाट वडा अध्यक्षका आकाङ्‌क्षी रहेका छन्, तिमिल्सेना ०७४ सालको स्थानीय तहको निर्माचनमा पनि एमालेबाट पराजय भएका थिए।
 
त्यसैगरी बुढिगंगा नगरपालिका-७ का नेपाली काँग्रेस बाजुराका सचिब तिलकराज पुरीको नाममा रहेको ओम शान्ति निर्माण सेवा भतिजा निर्मल शाहको नाममा नामसारी गरेका छन्। सचिव पुरी नेपाली काँग्रेसकोतर्फबाट बुढीगंगा नगरपालिकाको मेयरका आकाङ्‌क्षी रहेका छन्। यस्तै बुढिनन्दा नगरपालिका-६ का अगंकुमार रावतको नाममा रहेको भैरव कन्स्ट्रक्सन एण्ड निर्माण सेवा श्रीमती निर्मला बुढाको नाममा नामसारी गरिएको छ। अगंकुमार रावत नेपाली काँग्रेसकोतर्फबाट वडाअध्यक्षका आकाङ्‌क्षी रहेका छन्।

बुढिनन्दा नगरपालिका-५ का वडाअध्यक्षसमेत रहेका कृष्णराज उपाध्यायको नाममा रहेको विवि कन्स्ट्रक्सन एण्ड अर्डर सप्लार्यस बडिमालिका नगरपालिका-९ की कृष्णा कुमारी तिमिल्सेनाको नाममा नामसारी गरेका छन्। कृष्णराज उपाध्याय बुढीनन्दा नगरपालिकामा नेपाली काँग्रेसकोतर्फबाट नगर प्रमुखको आकाङ्‌क्षी रहेका छन्।

त्यसैगरी त्रिबेणी नगरपालिका-८ का उद्धवबहादुर थापाको नाममा रहेको मौरे कन्स्ट्रक्सन र्फम श्रीमती मना थापाको नाममा नामसारी गरेका छन्। थापा नेपाली काँग्रेसबाट वडा अध्यक्षको आकाङ्‌क्षी रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.