झुम्का कारागारका १२ कैदी मध्यरातमा सारिए, आर्थिक चलखेलको आरोप

झुम्का कारागारका १२ कैदी मध्यरातमा सारिए, आर्थिक चलखेलको आरोप

धरान : स्थानीय निर्वाचनको मुखमा ठूलो रकम आर्थिक चलखेल गर्दै झुम्का कारागारका कैदीबन्दी मध्यरातमा सारिएको छ । सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका कैदी कारागार प्रशासनलाई समेत जानकारी नै नदिइ अन्यत्र सारिएपछि कैदीबन्दीहरुले चर्को विरोध जनाएका छन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेब घिमिरेले विचौलियासँग मिलेर कैदीबन्दीहरुको अन्यन्त्र सरुवा गरेको बुझिएको बताए । झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरी रातारात अन्यन्त्र सरुवा गरेको हो।

राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए । कारागार व्यवस्थापन विभागले शान्ति सुरक्षा दिन लिखित आग्रह गरेपछि प्रहरीले सुरक्षामात्र दिएको र अन्य विषयमा आफूलाई जानकारी नभएको उनले बताए।

सामान्यतया कैदीबन्दीहरुको सरुवा गर्दा कैद भुक्तान गरिरहेको कार्यालयबाट कैदीबन्दीहरुलाई निवेदन दिन लगाएर सम्बन्धित कार्यालयको सिफारिसमा कारागार व्यवस्थापन विभागले कैदीबन्दीहरुको सरुवा गर्ने नियम छ । तर, महानिर्देशक घिमिरेले विचौलियाँसँग मिलेर आर्थिक प्रलोभनमा परि अप्रत्यासित रुपमा कैदी बन्दीहरुको सरुवाको पत्र पठाएपछि झुम्का कारागारमा तनाव उत्पन्न भएको हो । झुम्का  कारागार पुग्दा ब्लक बीमा सामान्य रहे पनि ब्लक ए मा भने कैदीबन्दीहरुले भित्रबाट कारागारका सबै ठोकामा ताला लगाएर  कसैलाई पनि भित्र प्रवेश गर्न दिएका छैनन्।

झुम्का कारागारको ए र बी ब्लक गरी जम्मा १२ जनाको सरुवा गरिएको छ । दुईजनालाई चौकीदार कार्यालय बाहिर निस्किएको समयमा पक्राउ गरी सरुवा गरेको हो। कैदीबन्दीहरुले सरुवा भएर अन्यत्र जान अस्वीकार गरेका छन् । झुम्का कारागारका कैदीबन्दी प्रविण राईले इमान्दारिता पूर्वकैद भुक्तान गरिरहेको अवस्था सामान्य नियम नपुर्‍याइ सरुवाको खबर आएको भन्दै दुखेसो पोखे।  उनले कारागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरेले विचौलियासँग मिलेर कैदीबन्दीहरुलाई मध्यराति अन्यत्र सारिएको घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

 विभागले प्रविणसँगै सागर श्रेष्ठ, रुपक श्रेष्ठलाई पनि भीम फेदी कारागार सरुवा गरेको छ । सुवास राई, विक्रम लिम्बू, सुरज लिम्बू, विक्रम शाही, दिपक खवासलाई नख्खु कारागार सरुवा गरिएको छ ।  खड्कबहादुरसँगै महेन्द्र सामेखाम लिम्बू र राजेश राईलाई डिल्लीबजार कारागार सरुवा गरिएको छ ।

सोमबार विभागका शाखा अधिकृत गणेश गौतमले हस्ताक्षर गरेको सरुवा पत्र जिल्ला प्रहरी कार्यालय सुनसरीको मेलमा प्राप्त भएपछि प्रहरीले राई र लिम्बूलाई पक्राउ गरी रातारात अन्यत्र पठाएको बुझिएको छ । ब्लक एका कैदीबन्दी महेन्द्र लिम्बूले  अप्रत्यासित रुपमा कैदीबन्दीको सरुवा गरेको विरोधमा ब्लक बीमा तालाबन्दी गरी अन्य व्यक्तिहरुलाई  प्रवेशमा प्रतिबन्ध लगाइएको बताए । 

झुम्का कारागारका प्रमुख प्रदिप साहले कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेपछि मात्र जानकारी पाएको बताए । उनले १२ कैदीबन्दीको सरुवा गाराकार व्यवस्थापन विभागले नै गरेकाले यस विषमा आफूलाई कुनै जानकारी नभएको बताए ।कारागार व्यवस्थापन विभागका महानिर्देक बासुदेब घिमिरेले  सरुवा भएका कैदीबन्दीहरुको विषयमा गुनासो आएको र गृहमन्त्रालयको निर्देशनमा उनीहरुलाई सरुवा गरिएको बताए । उनले कैदीबन्दीको सरुवामा केही आर्थिक चलखेल नभएको र सरुवा नियमित प्रक्रिया भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.