बाजुरा : ३८ मतदान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील

बाजुरा : ३८ मतदान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील

बाजुरा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्ला सुरक्षा समितिले बाजुरा ७० ओटा मतदान केन्द्रहरू मध्ये ३८ ओटा अतिसंवेदनशील, २५ ओटा संवेदनशील र ७ ओटा सामान्य रहेको जनाएको छ। मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए।

बाजुरा जिल्लाका ९ ओटा स्थानीय तह रहेका छन्। जसमा बाजुरा जिल्लाको बडिमालिका नगरपालकाका २ ओटा संवेदनशील र ७ ओटा सामान्यमा रहेका छन्। त्रिवेणी नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेका छन्। 

त्यसैगरी बुढीगंगा नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ४ ओटा संवेदशील मतदान केन्द्र रहेका छन्। बुढीनन्दा नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ६ ओटा संवेदनशील रहेका छन्।

 
खप्तड छेडेदह गाउँपालिकामा ४ अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेका छन्। गौमुल गाउँपालिकामा ५ ओटा अतिसंवेदनशील र १ ओटा संवेदनशील रहेका छन्। त्यस्तै जगन्नाथ गाउँपालिकामा ४ ओटा अतिसंवेदनशील र २ ओटा संवेदनशील रहेका छन्। स्वामीकार्तिक खापर गाउँपालिकामा २ ओटा अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेका छन्। 

हिमाली गाउँपालिकामा ५ ओटा अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेको प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए। निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको बिष्टले बताए।

बाजुरामा ७० ओटा मतदान केन्द्र सुरक्षा समितिले बनाएको मादण्डका आधारमा सबै मतदान केन्द्रहरुको अनुगन गरिने र ती मतदान केन्द्रको सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको विष्टले जानकारी दिए। 

बाजुरा जिल्लामा ७० ओटा मतदान केन्द्र १ सय १२ ओटा मतदान स्थलहरु रहेका छन्। जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिलागरी जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपालगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्बाचन कार्यालयका प्रमुख नवराज अवस्थीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.