धरानमा गठबन्धनको पत्रकार सम्मेलनमा कांग्रेस कार्यकर्ताको अवरोध
धरान :सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि धरानमा भागबण्डा मिलाएपछि गरिएको पत्रकार सम्मेलनमा कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका छ्न्। वडा कार्य समितिलाई बेवास्था गरेको भन्दै कांग्रेस कार्यकर्ताहरुले पत्रकार सम्मेलनमा अवरोध गरेका हुन्।
कांग्रेस कार्यकर्ताहरु राजकुमार थोप्रा, अजय राई, नारद राई, बिध्या शाक्यलगायतका कार्यकर्ताहरु धरान किचनमा प्रवेश गरी पत्रकार सम्मेलनमा गाली गलोज गरे। उनीहरुले धरान१७, १५, ३ र १९ वडामा गठबन्ध,अस्वीकार गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा अवरोध गर्ने कांग्रेस कार्यकर्ता संस्थापन पक्षका हुन्।
होहल्ला गर्न थालेपछि कांग्रेस असन्तुष्ट कार्यकर्ताहरुलाई नगर सभापति श्याम पोखरेलले सम्झाइबुझाइ गरेका थिए । धरानमा मेयरसहित १३ वडाअध्यक्ष, माओवादी केन्द्रलाई उपमेयरसहित चार वडाअध्यक्ष, जसपालाई दुई वडाअध्यक्ष र नेकपा एकीकृतलाई ४ नम्बर वडा अध्यक्षसहित सबै सदस्य दिएर भागबण्डा मिलाएको छ ।
कांग्रेसलाई मेयरसहित १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ वडाअध्यक्ष दिएको माओवादी केन्द्रका सुनसरी सह इन्चार्ज अइन्द्रविक्रम बेघाले बताए । माओवादीलाई उपमेयरसहित ३,१५,१७ र २० नम्बर वडाअध्यक्षसहित सबै सदस्य दिएको उनले बताए ।
जसपालाई धरानको १० र १९ वडाअध्यक्षसहित सबै सदस्य दिएको छ । गठबन्धनले धरानमा मेयर/ उपमेयरसहित सबै वडामा विजय गर्ने दाबी गरेको छ ।