युवकलाई अपहरण गरी बन्धक बनाउने पाँच जना प्रक्राउ

युवकलाई अपहरण गरी बन्धक बनाउने पाँच जना प्रक्राउ

काठमाडौं : सिराहाका पवनकुमार यादवलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा गौसालाबाट पाँच जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदिप गिरीका अनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई प्रक्राउ गरेको हो।

प्रक्राउ पर्नेमा निरज केसी, सौजन्य सिंह, आशिष कोजु, सन्तोष न्यौपाने र सन्जन ओली रहेका छन्। उनीहरु सबै जना भक्तपुरका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा अपहरित युवक र लैजाने समूह लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको र म्याद थपका लागि उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिएको प्रहरील जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.