बाजुरामा एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरामा एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा : बुढीनन्दा नगरपालिका-९ अगाउपानीमा एकीकृत्त समाजवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ। अगाउपानीमा एकीकृत समाजवादीका कार्यकर्ता घर दैलो अभियानमा गएको समयमा एउटा कुकुरलाई लात्ताले हिर्काएपछि कांग्रेस समर्थक कार्यकर्ताले कुकुरलाई किन हिर्काएको भन्दै बिवाद सुरु भएकोले दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिरेन्द्रबहादुर बोगटीले जानकारी दिए।

झडपपछि एकीकृत समाजवादीका कार्यकर्ता अगाउपानी प्रहरी चौकीमा सुरक्षाका लागि गएका र पछि नेपाली कांग्रेसका कार्यक्रताले समाजवादीका कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी चौकीसमेत तोडफोड गरेको बोगटीले बताए।

झडपमा १६ जना प्रहरी ४ जना अन्य गरी २० जना घाइते भएका छन्। कांग्रेस कार्यकर्ता चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन्। त्यस्तै एकीकृत समाजवादीका २ जना र कांग्रेसका २ जना घाइते भएको प्रहरीले जनाएको छ।

घटना नियन्त्रणमा लिनका लागि प्रहरीले १४ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तूभुज ओझाले बताए। घाईते सबैको स्थानीय मेडिकलमा उपचार भईरहेको र घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घटनाको थप पुष्टिको लागि सदरमुकाम मार्तडीबाट जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएपी चर्तूभुज ओझा, ससस्त्र प्रहरीलगायत ४० जनाको टोली घटनास्थल गईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.