बझाङमा एमाले र गठबन्धनबीच झडप, मतपेटिका फुटायो, तीन राउण्ड हवाई फायर
बझाङ :जिल्लाको जयपृथ्वी नगरपालिका ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाएको छ। नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच सोही विषयलाई लिएर झडप भइरहेको छ । झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।
यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि 'ख' केन्द्रमा पनि झडप भएको छ। मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको स्थानीय शोभा भण्डारीले अन्नपूर्णलाई जानकारी दिइन्।