बाजुराको बुढीनन्दा नगरपालिका ८ को मतदान स्थगित

बाजुराको बुढीनन्दा नगरपालिका ८ को मतदान स्थगित

बाजुरा : बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ८ को मतदान स्थगित गरिएको छ। बैशाख ३० गते शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेश र नेकपा एमालेका कार्याकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित भएको बुढीनन्दा नगरपालिकाका निर्वाचन अधिकृत्त गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए। 

नेपाली कांग्रेश र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरा झपडका कारण निर्वाचनमा खटिएका कर्मचारीहरु असुरक्षित भएकाले मतदान स्थगित गरिएको पाध्यायले बताए। पार्टीका कार्याकर्ता हातमा कुखुरी तरवार आँसी हतौडा लगाएतका हात हतियार बोकेर आउन थालेपछि सिमित सुरक्षाका बीच असुरक्षा महसुर भएकोले मतदान स्थगित भएको उनले बताए। 

साढे बाह्र बजेसम्म १ सय ३४ मत मात्र खसेको र पछि झडपका कारण मतदाता मतदान स्थलमा उपस्थित भएर मतदान गर्न नपाएर मतदान रोकिएको हो। 

पालिकाका अन्य ९ वडामा भने शान्तिपूर्वक मतदान भएको र मतपेटिका सबै निर्वाचन अधिकृत्तको कार्यालयमा ल्याइसकेको निर्वाचन अधिकृत्त पाध्यायले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.