बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर

बाजुरा : बाजुराको हिमाली गाउँपालिकाको मतदान केन्द्र धुलाचौरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ। 

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा सिल भाँचिएको विषयमा विवाद हुँदा दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नयव उपरीक्षक चतुरभुज ओझाले जानकारी दिए।

मतपेटीकामा लगाएको तीन सिलमध्ये दुई सिल निस्किएको अवस्थामा देखेपछि एमालेका कार्यकर्ताले सिल निकालेको बारेमा छानबिन हुनुपर्ने भन्दै कार्यालयमा तोडफोड गर्न थालेपछि कांग्रेसका कार्यकर्ताले ढुंगा मुडा प्रहार गरेको ओझाले बताए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ। विवादले उग्ररूप लिएपछि नेपाल प्रहरीले ९ राउण्ड हावाई फायर गरेको जनाएको छ। अहिले स्थिति सामान्य रहेको छ।

थप सुरक्षाकर्मी पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। दुई पक्षबीच झडप भएपछि मतगणना अन्योलमा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.