बाजुराका तीन पालिकामा मतगणना सुरु

बाजुराका तीन पालिकामा मतगणना सुरु

बाजुरा : बाजुराका हिमाली, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा मतगणना सुरु गरिएको छ। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात दुई दिनपछि मतगणना सुरु गरिएको छ। हिमाली गाउँपालिकामा मतपेटीकाको सिल खोलिएको भन्दै बिवाद सुरुपछि शनिबार नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा प्रहरीले हवाई फायरसमेत गरेको थियो।

थप शसस्त्र प्रहरी बल पठाएर झडप नियन्त्रणपछि आईतबार सर्बदलिय बैठकपछि मतगणना सुरु गरिएको प्रहरीले जानकारी दिएको छ। 

त्यस्तै जगन्नाथ गाउँपालिकामा शनिबार बसेको सर्बदलिय बैठकमा ढुंगामुडा पछि बैठक नै रोकिएको थियो। आईतबार पुन: सर्वदलिय बैठक बसेर सुरु गरिएको छ। 

बडिमालिका नगरपालिकामा मुख्य निर्वाचन अधिकृत्त नै निर्वाचन अधिकृत्तका रुपमा रहेकोले जिल्लाका अन्य पालिकाको बिवाद समाधान नहुँदा सर्बदलिय बैठक बस्न नसकेर आईतबार बैठक बसी मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत्त माधबप्रसाद धिमिरेले बताए।
 
स्वामीकार्तिक खापर गाउँपालिकामा ४ वडाको मत परिणाम आईसकेको र १ वडाको मात्र आउन बाँकी रहेको छ। भने खप्तड छेडेदह गाउँपालिकाको ३ वडाको मतपरिणाम आईसकेको र ४ वडाको गणना हुन बाँकी रहेको छ। 

त्रिवेणी नगरपालिकामा सर्बदलिय बैठक बसेको र केही समयपछि मतगणना सुरु हुने तयारीमा छ। भने गौमुल गाउँपालिकामा मत गणना सुरु हुन सकेको छैन।
 
बुढीनन्दा नगरपालिकाको ८ नम्बर वडामा पुन मतदान हुने भएकोले मत गणना रोकिएको छ भने बुढीगंगा नगरपालिकामाको बिवाद समाधानको लागि निर्वाचन आयुक्त सगुन सम्शेर जबरा बाजुरा पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.